नेपालगन्ज २८ फागुन : दीगो विकासका लक्ष्यहरु बारे युवाहरुलाई अभिमुखिकरण प्रदान गरिएको छ ।
बासद्वारा बिगत तीन वर्षदेखि सञ्चालित ईन्सपाईरिंग युथको २०८ औं श्रृंखलालमा सो अभिमुखिकरण प्रदान गरिएको हो ।
युथ एड्भोकेसी नेपाल बाँके शाखा र बासको आयोजनामा सम्पन्न सो अभिमुखिकरणमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले दिगो बिकासका लक्ष्यहरु बारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रम संयोजक शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा युथ एड्भोकेसी नेपाल बाँके शाखाका संयोजक खेम बिष्टले स्वागत गरेका थिए ।
दिगो बिकासका लक्ष्यहरु बारे युवाहरुलाई जानकारी होस् भन्ने उद्देश्यले अभिमुखिकरण आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।
अभिमुखिकरणका सहभागिहरु ओजस्वि जोशी, जनक थापा लगायतले जिज्ञाशा राखेका थिए । कार्यक्रममा ५६ जना युवाहरुको सहभागिता रहेको थियो ।