भ्रष्टचार विरुद्धको बासको अभियानमा बारबर्दियाका युवाहरु जोडिए


भ्रष्टचार विरुद्धको बासको अभियानमा बारबर्दियाका युवाहरु जोडिए

नेपालगन्ज २९ फागुन : भ्रष्टचार विरुद्ध देशैभरी सञ्जाल विस्तार अभियान अन्र्तगत आज शनिबार बासले बर्दियाको बारबर्दिया नगरपालिकामा उपशाखा गठन गरेको छ ।

नवगठित उपशाखाको अध्यक्षमा जोशिना थारु रहेकीछन् । यसैगरी उपाध्यक्षमा निम बहादुर विक, सचिवमा अर्जुन चौधरी, सहसचिवमा निर्मला चौधरी र कोषाध्यक्षमा उर्मिला थारु रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

उपशाखाको १३ सदस्सिय समितको सदस्यहरुमा अतित चौधरी, अजय थारु, प्रियाङका चौधरी, स्मारिका चौधरी, अमित क्षेत्री, तारा कँडेल हेम बहादुर थारु र सविर चौधरी रहेका छन् ।

उपशाखा गठन कार्यक्रममा बासका केन्द्रिय अध्यक्ष रमेस सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, बासका कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रिय सचिव खुमेश सुवेदी, पूर्व केन्द्रिय कोषाध्यक्ष सत्य प्रकाश यादव, बासको बासगढी उपशाखाका अध्यक्ष राजु चौधरीस लगायतले बोलेका थिए ।