चैत १५ देखि तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई कारवाही गरिने


चैत १५ देखि तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई कारवाही गरिने

नेपालगन्ज ४ चैत : तोकिएको भन्दा बढी भार बोक्ने सवारी साधनलाई कारबाही गरिने भएकोछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन लागेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको आपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण भई सञ्चालनमा आइसकेको विभागले जनाएको छ ।

आगमी चैत १५ गतेपछि सवारी साधनहरूले तोकिएभन्दा बढी भार बोकी सडकमा सञ्चालन गरेको पाइएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामग्री झारिने र यसबाट पर्ने नोक्सानीको जिम्मेवार व्यवसायी नै हुने विभागको भनाइ छ ।