नेपालगन्ज १ वैशाख : नेपालगन्ज जेसीज र जुनियर जेसीजको जेसीज सप्ताह २०२१ को पहिलो दिन शुभकामना आदनप्रदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणीज्य संघका निवर्तमान अध्यक्ष एवम् कशौधन बैश्य समाज बाँकेका अध्यक्ष नन्दलाल बैश्य, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता, हरित नेपालगन्ज अभियानका अभियानता हेमन्तराज काफ्ले, नेपालगन्ज जेसीजका पूर्व अध्यक्षहरु, कशौधन बैश्य समाज युवा मञ्चका सदस्यहरु, नेपालगन्ज जेसीज र जुनियर जेसीजका सदस्यहरुको उपस्थिति रहेको थियो ।
जेसी आदित्य गुप्ताको संयोजकत्व र जुनियर जेसी रवि गुप्ताको सहसंयोजकत्वमा सम्पन्न कार्यक्रममा ४२ जनाको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रममा ५० थान विरुवा रोपिएको छ ।
नेपालगन्ज जेसीज वर्ष २०२१ का महासचिव चिरञ्जिवी शर्माले कार्यक्रम सञ्चालन गरेका थिगए भने कार्यक्रममा कशौधन बैश्य समाज बाँकेका अध्यक्ष नन्दलाल बैश्य, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता, हरित नेपालगन्ज अभियानका अभियानता हेमन्तराज काफ्लेले आफ्नो मन्तब्य राखेका थिए ।