पत्रकार महासंघ बाँकेको पहिलो बैठक, यस्तो छ बैठकको पूर्णविवरण


पत्रकार महासंघ बाँकेको पहिलो बैठक, यस्तो छ बैठकको पूर्णविवरण

नेपालगन्ज २ वैशाख : नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बसेकोछ ।

अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा महासंघ कार्यालयमा बसेको बैठकले तीनवटा महत्वपूर्ण निर्णय समेत गरेको सचिव कमल डाँगीले जानकारी दिए ।
महासंघको बैठक निणर्य यस्तो छ ः

१. नेपाल पत्रकार महासंघ बाँके शाखाको १२ औं निर्वाचन उत्साहप्रद तरिकाले सम्पन्न गर्न अह्म भूमिका निर्वाह गर्नुहुने निर्वाचन समिति, मतदाता एवं साधारण सदस्य, प्रहरी, प्रशासन, नागरिक समाज, मानवअधिकारकर्मी, कानून व्यवसायी, राजनीतिक दल, जिल्ला समन्वय समिति लगायत सरकारी निकाय एवं सार्वजनिक सरोकार राख्ने सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन,

२. कोरोनाको संक्रमण बढेको अवस्थालाई मध्यनजर गर्दै पूर्व सतर्कता अपनाउन बाँकेका सम्पूर्ण सन्चारकर्मी, संचारमाध्यमहरुमा कार्यरत कर्मचारी एवं सर्बसाधारणलाई बिशेष अनुरोध । साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरोकारवाला निकायको गम्भीर ध्यानार्कषण,

Kanti Aarogya Hospital Nepalgunj

३. पत्रकार आंचारसहिताको सचेतनाका लागि बाँकेका प्रत्येक सञ्चारगृह र महासंघमा समेत आचारसंहिताको पूर्ण विवरण देखिने गरी ‘आचारसंहिता बोर्ड’ राख्ने । सञ्चारगृहमा राखिने आचारसंहिता बोर्डको व्यवस्थापन महासंघ स्वयंले गर्ने ।

गत चैत २५ गते भएको अधिवेशनबाट नेपाल पत्रकार महासंघ बाँकेको नयाँ नेतृत्व चयन भएको हो ।