सतर्क रहनुहोस् दुईदिन हावाहुरी र चट्याङको सम्भावना


सतर्क रहनुहोस् दुईदिन हावाहुरी र चट्याङको सम्भावना

File Photo

नेपालगन्ज ३ वैशाखः देशका विभिन्न भू–भागमा आज पनि हावाहुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा हवाहुरीको सम्भावना रहेको छ ।

‘दिउँसो १२ बजेपछि प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा हवाहुरीसहित चट्याङ र वर्षाको सम्भावना रहेको छ,’ मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, ‘यसबाहेक अन्य प्रदेशका पहाडी भू–भागमा पनि यो सम्भावना रहेको छ ।’ १२ बजेसम्म भने मौसम सामान्य रहने छ ।

Kanti Aarogya Hospital Nepalgunj

हावाहुरी र चट्याङको सम्भावना रहेकाले यसबाट बच्न सतर्क हुन उनको सुझाव छ । आज र भोलि स्थानीय वायु सक्रिय हुने भएकाले हावा–हुरी र मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको उनको भनाइ छ ।