गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई स्वागत


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई स्वागत

बाँके(राप्तीसोनारी) ५ वैशाख : राप्तीसोनारी गाउँपालिकामा हालै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।

राप्तीसोनारी गाउँपालिका कार्यालयमा आईतबार (आज) एक कार्यक्रमकाबीच उनलाई स्वागत गरिएको हो ।

राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको सभापतित्वमा भएको कार्यक्रममा निर्वतमान प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक, शिक्षा शाखा प्रमुख जीवन न्यौपाने लगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीले स्वागत गरे ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष खत्रीले कर्मचारी र जनप्रतिनिधीबीचको सहकार्यले मात्र गाउँपालिकाको विकास सम्भव भएको बताइन । जनप्रतिनिधी र कर्मचारीबीचको सम्बन्ध नङ र मासु जस्तै भएको उल्लेख गर्दै उनले कर्मचारीलाई जनप्रतिनिधीले काम गर्ने वातावरण सिर्जना गरिरहेको बताइन ।

Kanti Aarogya Hospital Nepalgunj

सो क्रममा प्रमुख प्रशासकीय अधिकृत शाहीले आफु राप्तीसोनारीमा कार्यरत रहदासम्म इमान्दारी पुर्वक काम गर्ने प्रतिवद्धता जनाए । उनले जनप्रतिनिधी र आफ्ना सहकर्मी कर्मचारीसँग मिलेर काम गर्ने बताए ।

गाउँपालिकाले नयाँ आउने र सरुवा भएर अन्यत्र जाने प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत तथा बिदाई कार्यक्रम गर्दै आएको छ ।

अस्वस्थ भएका कारण राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु भने सो कार्यक्रममा उपस्थित हुन नसकेको गाउँपालिकाका प्रशासन शाखा प्रमुख लोकेन्द्र चन्दले जानकारी दिए ।