नेपालगन्ज ५ जेठ : अरब सागरमा विकसित भई भारतको गुजरात राज्य आसपासमा रहेको सामुद्रिक आँधी ताउ–तेको प्रभाव नेपालमा पनि परेको छ । पश्चिमी न्यून चापीय प्रणालीसँगै ताउ–तेको प्रभावले बिहीबार देशभरिको मौसममा बदली भएको छ ।
अहिले २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा सामान्यदेखि पुर्ण बदली रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले यसको प्रभाव अझै केही दिन नेपालमा रहने बताएको छ ।
महाशाखाका अनुसार आउने २४ घन्टामा कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावनासमेत रहेकाले खोलानालामा जलप्रवाह बढोत्तरी हुने, यातायत क्षेत्रसमेत प्रभावित हुने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
२०७८ जेठ ५ गते (बुधबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदूर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ ।
रातीः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदूर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ ।
२०७८ जेठ ६ गते (बिहीबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको छ । थोरै स्थानहरूमा भारी वर्षा हुनुको साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
उच्च हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भू–भागका थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको छ । थोरै स्थानहरूमा भारी वर्षा हुनुको साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
उच्च हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भू–भागका थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ ।
२०७८ जेठ ७ गते (शुक्रबार)
दिउँसोः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका केही ठाँउमा र बाँकी पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
रातीः प्रदेश १ लगायत देशका बाँकी पहाडी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा सामान्यतय सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।