घाटा ब्यहोर्न भन्दै निगमले फेरि बढायो ग्याससहित पेट्रोल


घाटा ब्यहोर्न भन्दै निगमले फेरि बढायो ग्याससहित पेट्रोल

नेपालगन्ज १२ कार्तिक : निरन्तर घाटामा गएको नेपाल आयल निगमले पुनः इन्धनको मूल्य बढाएको छ । निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य शुक्रबार रातिबाट लागू हुने गरी बढाएको छ ।

निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा रुपैयाँले बृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ । डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रू. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।

एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु. ५० रुपैयाँलेले बृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गर्ने निगमले निर्णय गरेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

निगमले १ सेप्टेम्बर, १६ सेप्टेम्बर र १ अक्टोबर २०२१ मा ईण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्य बृद्धि भई आउँदा निगमले मूल्य समायोजन गरेको थिएन । पछिल्लो पटक इन्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा करिव रू. २ अर्ब २२ करोड घाटा हुने अवस्था रहेको निगमले जानकारी दिएको छ ।

‘मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. १२.५५, डिजेलमा प्रतिलिटर रू. ११.६७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर रू. ४६१.२२ घाटा हुने निगमको दावी छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको अवस्था देखिएकोले निगमको घाटा कम गर्न आगामी दिनहरुमा पनि मूल्य बृद्धि गर्नुपर्ने बाध्यतामा निगम रहेको विज्ञप्तिमा उल्लेख छ ।

निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार मासिक पेट्रोलियम खपतको रकम तिर्न नै पैसा अभाव भएपछि विभिन्न बैंकमा रहेको १८ अर्ब निक्षेप निकाल्ने प्रक्रिया थालिएको छ ।

आगामी नोभेम्बर ८ मा तिर्नु पर्ने झण्डै १७ अर्ब नेपाली रुपैयाँका लागि बिक्रीबाट नपुग्ने भएपछि ४ अर्ब निक्षेपबाट हाल्नु पर्ने बाध्यता आईलाग्यो,’ साह भन्छन्, ‘हरेक महिनाको दुई पटक ८ र २३ तारिखमा निगमले भारतीय आयाल कर्पोरेसन (आईओसी)लाई तेलको रकम बुझाउनु पर्छ, यो पटक नोभेम्बर ८ मा तिर्नका लागि बिक्रीबाट प्राप्त रकमले धानेन ।’

२३ अक्टोबरमा १४ अर्ब पठाएकोमा थप १७ अर्ब हाराहारी ८ नोभेम्बरसम्म पठाउन पर्ने अनुमान गरिएको उनले बताए । उनका अनुसार, चालु आर्थिक वर्षको तीन महिना पुरा हुँदा ८ अर्ब ८९ करोड नोक्सानी बेहोरेको निगम अहिले ४ अर्ब २२ करोड मासिक घाटामा छ ।

नोक्सानी २०७० सालको भन्दा पनि कठिन अवस्था रहेको निमित्त नायब कार्यकारी निर्देशक साहले बताए । गत वर्ष पुसदेखि शुरु भएको घाटा यस वर्ष कात्तिक अन्तिमसम्म आईपुग्दा कुल व्यापारको २० प्रतिशतसम्म पुगेको उनको भनाई छ ।