शीशाको बिषबाट बचावटको लागि अन्तराष्ट्रिय सप्ताह सम्पन्न


शीशाको बिषबाट बचावटको लागि अन्तराष्ट्रिय सप्ताह सम्पन्न

नेपालगन्ज १३ कार्तिक : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बिश्व स्वास्थ्य संगठनको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धक केन्द्र (सिफेड) काठमाण्डौले ‘लेडयुक्त’ पेन्ट उन्मुलनका निम्ति नबौ अन्र्तराष्ट्रिय सचेतना सप्ताह भब्यताकासाथ सम्पन्न गरेकोछ ।

लेडयूक्त (शीशायुक्त) पेन्ट उन्मुलनका निम्ती अन्तर्राष्ट्रिय सञ्जालद्वारा यही कार्तिक ७ देखी १३ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि लेडको विषबाट बचावटका लागि नबौ अन्र्तराष्ट्रिय सचेतना सप्ताह मनाएको हो ।

साता ब्यापी कार्यक्रमको शरुमा स्कूल, अस्पताल, घर तथा फर्निचर आदि रङ्गाउने रंङ्ग पेन्ट्सहरु सम्बन्धि सरोकारवालाहरुमा खासगरी केन्द्रिय सरकारी, गैर सरकारी, चिकित्सक, रङ्गहरु आयात, उत्पादन, विक्री वितरण, प्रयोग एवं उपयोग गर्ने ब्यावसायी तथा पेशागत संघसंस्थाहरु, बालबालिकाको स्वास्थ्य सम्बन्धि पेशागत संस्थाहरु लगायत आम सञ्चार माध्यम लगायत सबै सरोकारबालाहरुलाई नेपाल सरकारले २०७१ पौष ७ गते राजपत्रमा प्रकाशित तोकेको पेन्टमा हुनुपर्ने लेड सम्बन्धि बाध्यकारी मापदण्ड ९० पिपिएमबारे ब्यापक जनचेततना तथा क्षमता अभिबृद्धी गरिएको सिफेडका कार्यकारी निर्देशक एव वातावरण वैज्ञानिक राम चरित्र साहले जानकारी दिए ।

सिफेडले लेडको सम्पर्कबाट हुनसक्ने स्वास्थ्य र वातावरणीय समस्याहरुलाई निराकरण एवं न्यूनीकरण गर्ने उद्देश्यले सरोकारबालाहरुको सहभागितामा पेन्ट्समा लेड सम्बन्धि बाध्यकारी मापदण्डको प्रभावकारीता सम्बन्धि एक दिवशीय कार्याशाला गोष्ठिी मार्फत मापदण्ड प्रभावकारी भएको ६ वर्ष पछिको ईनामेल पेन्ट्स र स्प्रे पेन्टमा मापदण्डको परीपालनाको स्थिती सम्बन्धि प्रतिवेदनहरु सार्वजनिक गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

सप्ताहब्यापी कार्यक्रम मनाउने क्रममा शनिबार सरकारी तथा विभिन्न संंघ संस्थाहरुको सहकार्यमा देशब्यापी सरसफाई अभियान र जुम मार्फत करिब ५० जनाको सहभातिामा एकदिने जनचेतना तथा क्षमता अभिबृद्धी सम्पन्न गरेकोछ ।

उक्त कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष तथा ग्रील तथा स्टिल फेब्रिकेटर्स महासंघ नेपालका अध्यक्ष मोहन कटुवालको अध्यक्षता एवं वन तथा वातावरण मन्त्रालयका सहसचिव धन्नजय पौडेयाल, प्रादेशिक वन, वातावरण तथा भुसंरक्षण मन्त्रालय, लुम्विनी र गण्डकी प्रदेशका सचिवद्वय पशुपति नाथ कोईराला एवं बद्रिराज ढुड्डाना, विश्व स्वास्थ्य संगठन, नेपाल स्थित कार्यालयका जनस्वास्थ्य सल्लहकार डाक्टर एमडी खुर्सिद आलम हैदर, नेपाल सरकारले तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा कम लेड पाएका फेसन पेन्ट उद्योग हेटौडाका प्रमूख ब्यवस्थापक एवं प्लान्ट सञ्चालक अरविन्द सिंह लगायतको विशेष सहभागिता रहेको सिफेडले जनाएकोछ ।

जुममार्फत गरिएको कार्यक्रमहरुमा एशियन, बरजर, डिजिटल लगायत पेन्टसका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।

यस वर्ष आयोजना गरीने साताब्यापी कार्यक्रमहरुको मूख्य उद्देश्य नेपाल सरकारले पेन्ट्समा तोकेको लेड (सिसा) को मापदण्डको प्रभावकारी कार्यान्वयन गरी बालबालिका र आम जनस्वास्थ्यलाई लेडको सम्पर्कमा आउनबाट जोगाउन ठोस योगदान पु¥र्याउने र लेडयूक्त पेन्ट प्रतिबन्ध गर्ने, लेडको जोखिमबारे जान्ने आवस्यक कारबाही गर्ने तथा लेडयूक्त पेन्ट उन्मूलन गर्ने गराउन आवस्यक पहल गर्ने रहेको सिफेडका कार्यकारी निर्देशक एवम वातावरण वैज्ञानिक साहले जानकारी दिए ।

नेपाल सरकारले पेन्ट्समा तोकेको लेड (सिसा) को मापदण्डको प्रभावकारीता सम्बन्धि अध्ययन मापदण्ड आएको पहिलो पल्ट सबै सातै प्रदेशहरुबाट संकलित ३७ पेन्ट्स उद्योगहरुका ६२ विभिन्न रड्डका ईनामेल पेन्ट्सहरुमा गरिएको अध्ययन प्रतिवेदनसंगै नेपालमै पहिलो पटक बृहतरुपमा आठ विभिन्न पेन्ट्सका २१ विभिन्न रड्डका स्प्रे पेन्ट्सका नमूनाहरुमा लेड सम्बन्धि गरिएको अध्ययन प्रतिवेदन तथा जानकारी पत्र पनि उक्त जुम कार्यक्रममा जानकारी गराइएको थियो ।