नेपालगन्ज १ माघ : आज माघ १ गते । अर्थात माघे संक्रान्ति । केही वर्षपहिले माघी आउनुभन्दा एक महिना अगाडीदेखी नै थारु समुदायमा मादल बज्न शुरु हुन्थ्यो । केटाकेटीदेखि बुढापाकासम्म माघीको उमङ्ग र रौनक छाउँथ्यो । तर, पिछिल्लो केही समययता माघीको अघिल्लो दिनसम्म पनि गाउँमा कतै मादल बजेको सुनिदैन ।
यसवर्ष पनि कोरोना महामारीका कारण सिर्जित असहज परिस्थितीका कारण माघीको रौनक छाएन । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले चाडबाड, मेलामहोत्सव लागायतका काम गर्न गराउन बन्देज लगाएकोछ ।
कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनका कारण सिर्जित असहज परिस्थितले थारु समुदायको मुख्य चाड माघीको हर्षोउल्लास देखिएकोछैन । कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहिरहँदा माघी पर्वको खासै हर्ष छैन । अझ पछिल्लो समय आधुनिकताको लहडमा मानिसमा आएको विलासीतापनले आजभोली माघीको स्वरुपमा समेत परिर्वतन भएको छ । माघीको अवसर पारेर सहरबजार र गाँउघरमा आयोजना हुने मेला, महोत्सबमै सबैको ध्यान केन्द्रित हुन थालेकोछ । जसका कारण थारु समुदायको संस्कृती र परम्परा विस्तारै हराउँदै गएको थारु अगुवाहरुको चिन्ता छ ।
यस्तै चिन्तामा छन्, बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुर निवासी ६० वर्षीय जीतबहादुर थारु । बैजापुरमा थारुहरुको बाक्लो उपस्थितीछ । थारु समुदायको झण्डै ८० प्रतिशत जनसंख्या रहेको राप्तीसोनारीको बैजापुरका कतिपय थारु बस्तीमा यसवर्ष माघीको अघिल्लो दिनसम्म पनि खासै रौनकता देखिएन् ।
‘युवाहरु जति सबैको ध्यान महोत्सबतिर गयो, हामी पनि उमेरका हिसाबले बुढो भईसकिम, कस्ले गीत गाउने, को नाचिदिने ?’ जीतबहादुर प्रश्न गर्छन् । पछिल्ला वर्ष विस्तारै माघीको रौनकता घट्दै गएको उनी स्वीकार गर्छन् । माघी पर्वलाई हिन्दु धर्ममा आस्था राख्ने सबैले मनाउँछन् ।
अझ कोरोनाका कारण सबै अस्तब्यस्त भएकोछ । थारु समुदायले नयाँ वर्षका रुपमा माघी पर्व मनाउनेगर्छन् । विशेषगरी थारु समुदायले महत्वपूर्णताका साथ मनाउने यो पर्व सबैलाई जोड्ने पर्व पनि हो । नेपाली समुदायले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाएझै थारुसमुदायको यो दिनबाट नयाँ वर्षको सुरुवात हुन्छ । उनीहरुले वर्षभरीका नयाँ योजना माघी पर्वमै बनाउने गर्छन् ।
बढ्दो आधुनिकताले गर्दा साँस्कृतिक, परम्परागत मूल्यमान्यता बोकेको ऐतिहासिक पर्व माघीको महत्व र रौनकता घट्दै जानुले पनि अबको भविष्य कस्तो होला भन्नेमा जानकार चिन्तित छन् ।
‘यसवर्ष महोत्सव लागेन, कोरोनाका कारण गाँउघरमा नाँचगान र रमाईलो समेत हुन सकेन । माघिको रौनक छैन ।’ पत्रकार विश्वराज पछ्लडङ्ग्या बताउँछन् । उनका अनुसार माघीका दिनदेखि थारु सम्वत् २६४७ को सुरुवात भएकोछ । आजबाट थारु समुदायका लागि नयाँ वर्ष, नयाँ दिन र नयाँ योजना शुरु हुन्छ । पत्रकार पछ्लडङ्ग्या भन्छन् –‘आधुनिकता र महोत्सव केन्द्रित पर्व मनाउँदा यसले माघी पर्वको महत्व घट्दै जाने त होईन, भन्ने चिन्ता हामीलाई छ, यसतर्फ बेलैमा सचेत हुन आवश्यक छ ।’
बेरोजगारी, आर्थिक अभाव तथा शिक्षाको पहुँच कम रहेको थारु समुदायका प्राय पुरुषहरु रोजगारीका लागि देश तथा विदेशमा छन् । पुरुषको उपस्थिती नहुँदा थारु महिलाहरु जम्मा भएर सामान्य रुपमा मनोरञ्जन गर्ने गरेको पत्रकार थारुको बुझाई छ ।
माघीको अवसरमा नाचगान गर्ने र माघी पर्वका दिन नजिकैको खोला र तालमा गएर नुहाउने चलनलाई अहिलेको पुस्ताले बिर्सदै गएका छन् ।
नेपालमै बाँके, बर्दिया, दाङ्ग, कैलाली, कञ्चनपुर, कपीलबस्तु र चितवन लगायतका क्षेत्रमा थारु समुदायको बाक्लो उपस्थिती छ । तर, माघीको रौनकता पहिलेको भन्दा अहिले हराउँदै गएको पत्रकार पत्रकार पछ्लडङ्ग्या सहमत छन् ।
यता राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारुले पहिले गाउँमा थारु नाँचगानमा आफू स्वयं सहभागी हुन्थ्ये । तर, पछिल्लो केही वर्षयता गाँउघरमा हुने नाँचगानको चलन हराउदै गएकोले त्यसतर्फ कसैको ध्यायन नपुगेको उनको भनाई छ ।
थारु समुदायको परम्परागत पहिचानको रुपमा समेत हेरिने यो माघी पर्वमा सँस्कृती हराउँदै गएकोमा गाउँपालिका अध्यक्ष थारुले चिन्ता व्यक्त गरे । पछिल्लो समयमा विकसित प्रविधी (मोबाईल, ईन्टरनेट) लगायतले गर्दा पनि थारु समुदायका नयाँ पुस्ताहरु नाँचगानमा त्यति रुची राख्दैनन् ।
नयाँ पुस्ताले स्थानीय नृत्यलाई चासो दिन छाडिसकेको राप्ती सोनारी गाँउपालिकाकी स्थानीय युवा बिमला चौधरी बताउँछिन् । ‘माघीको रौनकता हराउनुमा नयाँ प्रविधीको विकाससँगै थारु कला, सँस्कृती संरक्षणमा नयाँ पुस्ताको चासो नहुनु पनि प्रमुख कारण हो,’ युवा चौधरीले बताइन् । माघी पर्वमा थारु समुदायले सुँगुरको मासु, मुसा, सिद्रा माछा, ढिक्री, लगायत परिकार बनाएर खान्छन् । यसका साथसाथै थारु समुदायमा जाँडको झोल, मौहाबाट बनाइएका घरेलु मदिरा समेत खाने चलनछ ।
यस्तै माघेसंक्रान्तिका अवसरमा जातजातीअनुसार परिकार खाने चलनछ । पहाडी, हिमाली तथा तराई भेगमा बस्ने अन्य जातीहरु सख्खरखण्ड, गन्जी, तरुल, चाकु, तीलको लयु, खीर, खीचडी पकाएर खाने चलन छ । समयमा आएको परिर्वतनसगैं माघी हिन्दू समुदायमा मात्र सिमित भएको पाइदैन । यसले विस्तारै अन्य मुस्लिम धर्मावलम्बीहरुलाई पनि छोएको छ । यसदिन मुस्लिम समुदायले खीचडी समेत बनाएर खाने गर्दछन् । यसका साथै मघौटा र छोक्रा नाँच पनि नाच्ने चलन छ ।
भूभागअनुसार माघे संक्रान्तिका अवसरमा देउसी भैलो खेलेझै पाइयो–पाइयो खेल्ने गरिन्छ । माघीका दिन साना केटाकेटीहरु समुह बनाएर टोलछिमेकमा गई पाइयो पाइयो भन्दै खेल्ने गर्दछन् । यसरी आफ्नो घरआँगनमा आएका केटाकेटीलाई घरमुलीले गन्जी, तरुल, चाकु लगायतका खानेकुरा दिने गर्छन् ।
हरेक वर्षको माघ १ गतेको दिनलाई माघी पर्व अर्थात् मकर संक्रान्ति पर्वका रुपमा मनाईन्छ ।
आज शनिबार माघी पर्व धुमधामका साथ मनाईदैछ । माघी पर्वका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ३ स्थित भुवरभवानी मन्दिर, दाङको रिहार, बाह्रकुने दह, प्युठानको स्वर्गद्वारी, बर्दियाको ठाकुरबाबा मन्दिर लगायत धार्मिक स्थलमा ठुलो मेला लाग्ने गर्दछ । तर, यस वर्ष कोरोना भाइरसका कारण मेला प्रभावित बनेकोछ ।
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं