बाँकेमा कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप ८७ प्रतिशतले लगाए

कोहलपुर र बैजनाथमा सतप्रतिशत खोप


बाँकेमा कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप ८७ प्रतिशतले लगाए

नेपालगन्ज १३ असार : बाँकेमा ८७ प्रतिशत बालबालिकाले कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्शन नरेश श्रेष्ठका अनुसार खोप शुरु भएको चार दिनमा बाँकेका आठवटै पालिकामा ८७ प्रतिशत बालबालिकाले उक्त खोप लगाएका हुन् ।

खोप अभियान अन्र्तगत बाँकेका ७६ हजार २३९ जनालाई खोप लगाउने लक्ष्य लिइएको थियो तर, ४ दिनको खोप अभियानले बाँकेका ८७ प्रतिशत अर्थात ६६ हजार ३२३ जना बालबालिकाले मात्र खोप लगाएकाछन् ।

बाँकेसहित २७ जिल्लामा अहिले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाउने अभियान चलिरहेको छ ।

असार ९ गते सञ्चालित कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप अभियानमा पहिलो दिन २३ हजार १२६ जना, दोस्रो दिन २३ हजार ३४३, तेस्रो दिन ९ हजार २ र चौथो दिन ११ हजार ९४७ जना गरि कुल बाँकेका ६६ हजार ३२३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘यो खोप सेवा असार १२ गतेसम्म भनिएकोमा आवश्यक छुट बस्तीका बालबालिकाहरुलाई लक्षित गर्दै आवश्यकता अनुसार १ देखि २ दिन थप गरि १३ र १४ गते स्थानीय तहले तोकेको खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेकोछ’ फोकल पर्शन श्रेष्ठले जानकारी दिए ।

५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान बाँकेका ८ पालिकाकामा एकैपटक सञ्चालनमा ल्याइएको थियो । जसका लागि जिल्लाका ५ सय ८ स्थानमा खोप केन्द्र राखिएको थियो ।

यसअघि बाँकेमा १२ वर्ष उमेर समूहभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियान चलेको थियो ।

कोहलपुर र बैजनाथमा सतप्रतिशत खोप

बाँकेमा हालसम्म खोप लगाउने लक्षित समूह ४ लाख १ हजार ७९९ जनामध्ये अहिलेसम्म खोपको पहिलो मात्रा पूरा गर्नेको संख्या ८४.४ प्रतिशत रहेको छ भने दोस्रो मात्रा पूरा गर्नेको संख्या ७१.६ प्रतिशत रहेको छ । यस्तै बुष्टरको मात्रा लगाउनेको संख्या भने १८.२२ प्रतिशत मात्रै रहेको छ ।

कोभिड–१९ विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप अभियान अन्र्तगत बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले सतप्रतिशत खोप लगाएका छन् ।

कोहलपुर नगरपालिकाका १० हजार ३९१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकोमा कुल १६ हजार ८५३ जनाले खोप लगाएका छन् । कोहलपुरको खोप प्रगती प्रतिशत १६२ रहेकोछ । 

यस्तै बैजनाथ गाउँपालिकाका ८ हजार ३४५ जनालाई बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकोमा कुल ८ हजार ३९१ जनाले खोप लगाएकाछन् । बैजनाथको खोप प्रगति प्रतिशत १०१ रहेकोछ ।
यहाँ अन्य जिल्लामा अध्ययन गर्ने र विदामा घर आएका बालबालिका समेत भेटिएकाले उनीहरुलाई पनि खोप लगाइएकाले लक्ष्य भन्दा बढीले खोप लगाएका हुन् ।

खोप अभियान अन्तरगत राप्तीसोनारी गाउँपालिकाको खोप प्रगति प्रतिशत ७५.१ छ । यहाँ कुल ९ हजार ३५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको थियो । तर कुल ७ हजार २७ जना बालबालिकाले खोप लगाएकाछन् ।
खजुरा गाउँपालिकाको खोप प्रगती ७६.९ प्रतिशत छ । यहाँ ८ हजार २२४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो । तर, यहाँका ६ हजार ३२६ जना बालबालिकाले खोप लगाएका छन् ।

यस्तै जानकी गाउँपालिकाको खोप प्रगती ६४.२ प्रतिशत रहेकोछ । यहाँ ६ हजार ३७२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो । तर, जानकीका ४ हजार ९४ जना बालबालिकाले खोप लगाएकाछन् ।
नेपालगन्ज उपमहानगरपालिकाको खोप प्रगति ७६.७ प्रतिशत रहेकोछ । नेपालगन्जका २० हजार २३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकोमा कुल १५ हजार ५२२ जनाले मात्र खोप लगाएकाछन् ।

खोप अभियान अन्तरगत डुडुवा गाउँपालिकाको खोप प्रगति ५९.३ प्रतिशत रहेकोछ । यहाँ कुल ६ हजार ९८८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकोमा कुल ४ हजार १४४ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ ।

यसैगरी नरैनापुर गाउँपालिकाको खोप प्रगति ६२.२ प्रतिशत रहेकोछ । यहाँ ६ हजार ३३२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो । तर, यहाँका कुल ३ हजार ९६६ जना बालबालिकाले मात्र खोप लगाएकाछन् ।

खोप अभियान अन्र्तगत ४ जनामा सामान्य र ३ जनामा कडा खालको लक्षण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ । जसमा कोहलपुर नगरपालिकाका ३ जना र नेपालगन्ज उपमहानगरपालिकाका एक जना गरि ४ जना बालबालिकामा सामान्य लक्षण देखिएको हो ।

यस्तै राप्तीसोनारी गाउँपालिकाका एक जना, कोहलपुर नगरपालिकाका एक जना र नेपालगन्ज उपमहानगरपालिकाका एक जना गरि कुल ३ जना बालबालिकामा कडा लक्षण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ ।
बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिएको थियो ।

खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्लाका बालबालिकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ ।

पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइनेछ । यसैगरी विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ ।

थप समाचार

बाँकेका बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाइदैं