बेमौसमी वर्षा पीडितको समस्या : वर्षदिन पुग्नै लाग्दा पीडित किसानको खातामा पैसा पुगेन


बेमौसमी वर्षा पीडितको समस्या : वर्षदिन पुग्नै लाग्दा पीडित किसानको खातामा पैसा पुगेन

नेपालगन्ज १५ असार : गत वर्ष कार्तिक पहिलो साता आएको बेमौसमी वर्षाले बाँकेमा धानबालीमा ठूलो क्षति पु¥याएको थियो । जिल्ला विपद व्यवस्थापन समितिले पालिकागत लिएको तथ्यांक अनुसार बेमौसमी वर्षाले बाँकेमा ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रुपैयाँ बराबरको धानबालीमा क्षति पु¥याएको थियो ।

केही पाकेर काटिसकेको र काट्ने तयारी गरेको धानलाई लगातार वर्षाले क्षति पु¥याएपछि चिन्तित बनेका किसानलाई खुसी बनाउन तत्काल सरकारले राहत दिने घोषणा ग¥यो । वर्षाले क्षति पु¥याउँदा सरकारले राहत दिने भनेपछि बाँकेका किसानमा केही राहत हुने विश्वास गरियो । सोही अनुसार जिल्ला विपद व्यवस्थापन समिति बाँकेले संकलन गरेको लगत अनुसार ३८ करोड राहत माग गरे पनि जिल्लामा १० करोड रुपैयाँ आइपुग्यो ।

त्यो १० करोडमध्य एक जना किसानलाई क्षतिको ३६ प्रतिशत पहिलो किस्ता दिने निर्णय गरेर बैंक खाता मागियो । निर्देशिकाले पनि सोझै किसानको खातामा पैसा पठाउन भनेको छ । आठवटै पालिकाबाट किसानको बैंक खाता मागियो । सुरुमा डुडुवा गाउँपालिकाका किसानको खातामा पैसा पठाइयो । तर, विभिन्न कारणले किसानले पैसा पाइसकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत किसानको खातामा पैसा जम्मा गर्न दौडिरहेका छन् । किसानको खातामा पैसा पु¥याउन सकस भएको छ । किसानले पेन्सन, सामाजिक सुरक्षाभत्ताको खाता नम्बर दिएका छन् । यसमा बैंकले पैसा जम्मा गर्न मानेको छैन ।

Kanti Aarogya Hospital Nepalgunj

कतिपय किसानले खाता नम्बर त दिएका छन्, तर बैकिंङ कारोबारमा केवाइसी भर्नु पर्ने हुन्छ त्यो भरेका छैनन् । कतिपय बैंक मर्ज भएका छन् । किसानले मर्ज भइसकेपछि बनेको नयाँ बैंकमा गएर खाता भेरिफाइ समेत गरेका छैनन् । केहीले पीडित किसानमा आफ्नो नाम भरेका छन्, बैंक खाता नम्बर श्रीमतीको दिएका छन् । त केहीले अरुकै जग्गामा बटैया लगाएका कारण जग्गाधनीले लालपूर्जाको फोटोकपी उपलब्ध नगराउँदा उनीहरु यसबाट बञ्चित भएकाछन् ।

यस्तोमा जिल्ला प्रशासन कार्यालयले धेरै जनाको नाममा एउटै चेक काटेको छ । तीमध्यमा एक जनाको मात्रै खाता नम्बर नमिल्दा कसैको पनि पैसा जम्मा हुन सकेको छैन । बैंकले चेक फिर्ता गर्ने गरेको छ । यी कारणहरूले गर्दा किसानको खातामा पैसा जम्मा हुन सकेको छैन ।

डुडुवामै यस्तो समस्या देखिएपछि अरू सातवटा पालिकालाई किसानको खाता भेरिफाइ गरेर पठाउन निर्देशन दिइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले प्राविधिक कारणले गर्दा किसानको खातामा समयमै पैसा पु¥याउन गाह्रो भइरहेको बताए ।

विपक्षी ठूला पार्टीले बाढीपीडितको राहत रकमलाई इस्यू बनाएर आन्दोलन गरिरहँदा जिल्ला विपद व्यवस्थापन समितिले स्वयं किसान र बैंकको कारणले गर्दा किसानको खातामा पैसा पु¥याउन सकेको छैन ।

बाँकेमा ३९ हजार ४ सय ८२ घरधुरी किसानको धानबालीमा क्षति पुगेको थियो । खजुरा गाउँपालिकामा ५ हजार तीन सय १० किसानको ९७ हजार ४ सय ३४ कामा धानबाली क्षति भएको थियो ।

खजुराले ५ करोड ६७ लाख ६४ हजार चार सय ४८ रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो । नेपालगन्ज उपमहानगरपालिकामा ५ हजार ९ सय २२ किसानले ८९ हजार ५ सय ४१ कामा लगाएको धानबाली नोक्सान भएको भन्दै १० करोड ८ लाख एक हजार दुई सय ५७ रुपैयाँ माग गरेको थियो ।

यस्तै बैजनाथ गाउँपालिकाले चार हजार १५ किसानले लगाएको १३ हजार ४ सय ६७ कामा लगाएको धानबालीमा नोक्सानी भएको भन्दै एक करोड ६९ लाख ५० हजार ९ सय ४९ रुपैयाँ माग गरेको थियो ।

यसैगरी, जानकी गाउँपालिकाले चार हजार तीन सय ८६ किसानको ५९ हजार ८ सय ११ काको धान नोक्सान भएको भन्दै चार करोड ३४ लाख ११ हजार ९ सय २७ रुपैयाँ माग गरेको थियो ।

कोहलपुर नगरपालिकाले दुई हजार एक सय ९४ किसानको १४ हजार ४ सय ५२ कामा लगाएको धानबाली नोक्सान भएको भन्दै एक करोड १५ लाख एक सय ८० रुपैयाँ माग गरेको थियो ।

यस्तै, राप्तीसोनारी गाउँपालिकामा चार हजार ६ सय ८३ किसानको ६९ हजार ३ सय २७ काको धान नोक्सान भएकाले ६ करोड ६४ लाख ४८ हजार ३ सय ४३ रुपैयाँ माग गरिएको थियो ।

नरैनापुर गाउँपालिकामा ७ हजार ५ सय ६८ किसानको एक लाख ९ हजार १ सय ३० कामा लगाएको धानबाली नोक्सान भएको भन्दै ५ करोड ७८ लाख ३० हजार २ सय ७५ रुपैयाँ माग गरिएको थियो। डुडुवा गाउँपालिकाले ५ हजार ४ सय ४ किसानको ६४ हजार ४ सय ४९ कामा लगाएको धानबाली नोक्सान भएको भन्दै तीन करोड ४१ लाख ५३ हजार २ सय १६ रुपैयाँ माग गरिएको थियो ।

बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धानखेती हुने गर्दछ । धान उत्पादनमा बाँके आत्मनिर्भर रहेको छ ।

थप समाचार

बेमौसमी वर्षाले पाकेको धानबाली नष्ट, किसानको विचल्ली

बेमौसमी वर्षाले बाँकेमा १० प्रतिशत धान नष्ट

बेमौसमी वर्षामा भिजेको धान उम्रन थाल्यो

बेमौसमी वर्षा : लुम्बिनीमा ४ अर्बभन्दा बढीको क्षती