नेपालगन्ज ४ कार्तिकः बेमौसमी वर्षाले लुम्बिनी प्रदेशमा कृषितर्फ चार अर्बभन्दा बढीको क्षति भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार लुम्बनी प्रदेशमा चार अर्ब ५१ करोड ४२ लाख ५४ हजार ८० रुपियाँ बराबरको क्षति भएको छ । लुम्बनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा ठूलो क्षति भएको छ भने अर्घाखाँचीमा कृषिमा कुनै क्षति भएको छैन ।
यस्तै वर्षाले लुम्बनी प्रदेशमा मात्र ४२ हजार ४२७ हेक्टरमा लगाइएको बालीमा क्षति पु¥याएको छ ।
लुम्बनी प्रदेशमा तीन लाख १७ हजार ४१४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । त्यसमध्ये सबभन्दा बढी रुपन्देहीमा धान रोपाइँ भएको थियो । त्यहाँ ६७ हजार ५५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । त्यसमध्ये ५५ हजार ५४ हेक्टर क्षेत्रफलमा धान काटेरभित्र्याइसकिएको छ । पाल्पा, अर्घाखाँची र रोल्पाका किसानले धान भित्र्याउन सकेका छैनन् ।
किसानले ३६ हजार ४८० हेक्टर क्षेत्रफलमा धान काटेर खेतमै छाडेका छन् । त्यसमध्ये ६५ प्रतिशत अर्थात् २३ हजार ७१२ हेक्टर क्षेत्रफलको धानमा क्षति पु¥याएको मन्त्रालयले जनाएको छ । ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा रहेको धान खेतमै ढलेको छ । त्यसमध्ये २० प्रतिशतमा क्षति पुगेको छ ।
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?