नेपालगन्ज ३ कार्तिक : बेमौसमी वर्षाका कारण बाँकेमा १० प्रतिशत धानबाली पूर्णरुपमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार कार्तिक १ गतेसम्मको क्षति प्रारम्भिक मूल्यांकनमा १० प्रतिशत धानबाली पुर्णरुपपमा नष्ट हुन पुगेको हो ।
केन्द्रका कृषि अर्थ विज्ञ जीवनकुमार केसीका अनुसार हालसम्म बाँकेमा २० प्रतिशत धान काटिएको छ । त्यसमध्ये १० प्रतिशत धान घर भित्र्याइसकिएको छ । भने घर भित्र्याउन बाँकी १० प्रतिशत धान भने पानीले बिगारेको केसीले बताए ।
जिल्लामा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जिल्लामा प्रति हेक्टर ४.८ मेट्रिक टन धान उत्पादन हुने आकलन गरिएको छ । हालसम्म करिब २४ हजार मेट्रिक टन धान नष्ट भएको अनुमान गरिएको केसीले बताए । यो विवरण पनि प्रारम्भिक मात्रै भएको र क्षतिको यकिन विवरण आउन केही दिन लाग्ने उनको भनाइ छ ।
गतवर्षको तुलना गर्दा यस अवधिमा करिब ५० प्रतिशत धान काटिसकेको हुनुपर्नेमा वर्षाका कारण धान कटाई प्रभावित भएको पनि उनले बताए । नकाटिएको धान पनि ढलेर डुबेको अवस्थामा क्षति हुन सक्ने उनले बताएका छन् । धानबाली भित्र्याउने समयमा भारी वर्षा भएपछि देशभरका किसान मर्कामा परेका छन् । वर्षाका कारण किसानको धानबालीमा नोक्सानी पुगेपछि सरकारले राहत प्रदान गर्नुपर्ने किसानको माग छ ।
यो पनि पढ्नुहोस्
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन