असार मसान्तको ‘घुस’ बाँड्नेका पछिपछि अख्तियार, निशानामा स्थानीय निकाय


असार मसान्तको ‘घुस’ बाँड्नेका पछिपछि अख्तियार, निशानामा स्थानीय निकाय

नेपालगन्ज २६ असार : असार मसान्त सरकारी बोलचालको भाषामा ‘सालतमामी’ भनिन्छ । तर, नेपालको परिप्रेक्ष्यमा यसलाई अधिकांशले सरकारी अड्डाहरुमा घुस लेनदेन र घुस बाँड्ने महिनाको रुपमा हेरिन थालिएकोछ ।

सरकारी कार्यालयहरुले एक आर्थिक वर्षको बील भुक्तानी तथा लेनदेन असार मसान्तभित्र गरिसक्ने हुँदा अबैध आर्थिक लेनदेन पनि धेरै नै हुने गर्दछ । त्यसकारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बढिजसो घुस लेनदेन हुने कार्यालयहरुमा ‘अपरेसन’ गर्न सुरु गरेकोछ ।

स्थानीय निकायहरु अहिले अख्तियारको घेराबन्दीमा रहेकाछन् । तर, उनीहरुलाई थाहा छैन अख्तियार हाम्रो पछिपछि रहेको छ भनेर ।

हालसम्मको आँकडा हेर्ने हो भने स्थानीय निकायहरुभित्र नै घुसको लेनदेन बढि हुने गरेको पाइएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

असार मसान्तसगैं सरकारी कार्यालयहरुमा विकास निर्माणका कामहरुको बील भुक्तानी गर्दा कार्यालय प्रमुख र लेखापालहरुले कमिसन–घुस लिएर मात्र चेक काट्ने गर्ने हुनाले अख्तियार सिधै ती कार्यालयहरुमा ‘जासुसी’को रुपमा प्रवेश गरिसकेकोछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिले लुम्बिनी प्रदेशको विभिन्न जिल्लाहरुमा जासुसीका रुपमा प्रवेश गरिसकेकोछ ।

विशेषगरि अख्तियारको निशानामा स्थानीय निकाय परेकोछ । स्रोतका अनुसार दाङ, बाँके, बर्दिया, रोल्पा लगायतका जिल्लामा अख्तियारको टोली विभिन्न भेषमा विकासे अड्डाहरुमा घुमिरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगन्जबाट विशेष टोली विकासे सरकारी कार्यालयहरुमा खटिएका छन् । ‘उनीहरु कस्तो भेषमा पुगेका छन्, कसैले चिन्न सक्ने छैन ।’ स्रोतले भन्यो–‘असार मसान्तमा विकासे सरकारी कार्यालयहरुले बील भुक्तानी गर्दा आर्थिक प्रलोभनमा भुक्तानी गर्ने हुनाले अख्तियारको टोली ती कार्यालयहरुमा निगरानी गरिरहेकाछन् ।’

अख्तियारको विशेष टोलीले जिल्ला प्रशासन कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाँउपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका, मालपोत तथा भूमिसुधार कार्यालय, सडक डिभिजन कार्यालय, बर्दियाको बढैयाताल, गुलरिया, मधुवन, राजापुर, गेरुवा, बाँसगढी, ठाकुरबाबा गाउँपालिका तथा नगरपालिकाहरुमा निगरानी गरिरहेकोछ ।

त्यसैगरि जिल्ला प्रशासन कार्यालय बर्दिया, मालपोत तथा भूमिसुधार कार्यालय र नापी कार्यालय बर्दियामा टोली गइ अपरेसन गरिसकेकोछ ।

असार मसान्त सम्मै अख्तियारको टोली स्थानीय निकायहरुलाई लक्षित गर्दै निगरानी गरिरहनेछ । बढि आर्थिक चलखेल हुने नेपालको सबैभन्दा ठूलो बाँकेको राप्तीसोनारी गाउँपालिका अख्तियारको निशानामा रहेकोछ ।

स्रोतले भन्यो–‘कसैले घुस तथा कमिसन लेनदेन गरिरहेको छ भने अख्तियारको निशानाबाट कोही उम्किन पाउनेछैन ।’ यही अपरेसन अन्र्तगत तीनदिन अघिमात्र रोल्पाको गंगादेव गाउँपालिकाका ईन्जिनियर नविन डाँगीलाई ५० हजार घुससहित अख्तियारले रङ्गेहात पक्राउ गरेको थियो ।

थप समाचार

अख्तियारद्वारा ५० हजार घुससहित ईन्जिनियर पक्राउ