नेपालगन्ज २४ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको टोलीले इञ्जिनियर नविन डाँगीलाई रङ्गेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट गएको टोलीले रोल्पाको गंगादेव गाउँपालिका कार्यालयमा कार्यरत इञ्जिनियर डाँगीलाई सेवाग्राहीबाट लिएको घुस रकम ५० हजारसहित पक्राउ गरिएको हो ।
घुस रकमसहित पक्राउ परेका ईञ्जिनियर डाँगीले सेरा हाम्पाल बथान, झाँक्रिसल्ला, फुलबास, ठाँटी, लोटचौर, दोबाटो, घामतारा हुँदै सल्यान जोड्ने मोटरबाटो निर्माण योजनाको नापी किताब, बील तयार गरिदिए बापत सेवाग्राहीसँग घुस रकम माग गरेको सूचना एवम उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले आज(शुक्रबार) दिउँसो सवा तीन बजे पक्राउ गरेको स्रोतले सेतोखरीलाई जनाएकोछ ।
स्रोतका अनुसार ईञ्जिनियर डाँगीलाई सेवाग्राहीसँग ५० हजार घुस बापतको रकम बुझि लिइसकेको अवस्थामा गंगादेव गाउँपालिका वडा नम्बर–२ स्थित स्वास्थ्य शाखाको भवनबाट घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ईञ्जिनियर डाँगीमाथि थप अनुसन्धान अघि बढाइएकोछ ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग