नेपालगन्ज २३ असोजः नेपालगन्ज उपमहानगरपालिका डुवानको समस्या समाधान गर्न सरकारी तहबाट थुप्रै प्रयास नभएको भने होइन । नगर डुवानको सम्भावित स्थानको खोजी र त्यसको समाधानका लागि यसअघि थुप्रै प्रयास भएका छन् । तर, समस्या ज्यूँका त्यूँ नै रह्यो ।
एडिबिको सहयोगमा नगर डुवानको समस्या समाधान गर्न सडक फराकिलो पारी पानी र ढल निकासीका लागि ठूला र चौडा नाला बनाइनुका साथै नयाँ नाला समेत निर्माण गरेकोले नेपालगन्ज डुवानको समस्या समाधान भएको नेपालगन्ज उपमहानगरपालिकाले पटक–पटक श्रेय लिन खोज्यो तर, असोजमा भएको लगातारको झरीले नेपालगन्ज जलमग्न र डुवानमा परेको छ ।
थोरै वर्षामा डुवानमा पर्ने नेपालगन्ज अविरल वर्षाका कारण नेपालगन्ज वडा नम्बर–२ घरबारी टोल, सेतुविकचोक, क्यूएफएक्स सिनेमाहल पछाडी, न्यूरोड, वागेश्वरी मन्दिर परिसर, बाइपास, कारकाँदो चोक र गगनगञ्ज लगायतका क्षेत्रमा डुवानमा परेको छ । अझ पानीको निकास नभएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ कारकाँदो चोकमा स्थानीयले चारलेन सडकमा जमेको पानीमा माछा समेत छोपेकाछन् ।
नगरपालिकाले नगर डुवानको समस्या सधैको लागि समाधान भएको उद्घोष गरिरहदाँ असोजमा भएको वर्षातले डुवान परेपछि नगरडुवानले उपमहानगरपालिकालाई कुरी–कुरी गरेकोछ ।
आईतबार बिहानदेखि वर्षा हुँदा नेपालगन्जमा १२७ मिलिमिटर र खजुरामा १३० मिलिमिटर वर्षा भएको छ । यो भारी बर्षा हो ।
विहानै देखि परेको पानीका कारण जिल्लाका विभिन्न स्थानमा डुवान हुनुका साथै जलमग्न भएकोछ । जिल्लाका सिमलघारी, उढरापुर, बेतहनी, सीतापुर, कोहलपुर, फत्तेपुर, नरैनापुर लगायतका क्षेत्रमा डुवानमा परेकाछन् । भारतले अन्तर्राष्ट्रिय नियमविपरीत लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सीमा सडक निर्माण गरेपछि बर्सेनि गाउँ डुब्ने गर्छन् ।
पानीको निकास नभएपछि कतिपय स्थानमा स्थानीयले सडक खनेर पानीको निकास समेत गरेका छन् । हाल देशका अधिकांस भागहरुमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्य वर्षा भइरहेको छ ।
सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा सकिन्छ । विगतलाई हेर्दा मनसुनको अवधि लम्बिएको छ । सन् २०१३ मा त अक्टुबर १९ मा मात्र मनसुन अन्त्य भएको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी