तस्करबाट रकम उठाउने बाँके एसपी सुवास बोहराको ‘कोर टिम’

भाग–२


दामोदर भण्डारी दामोदर भण्डारी   बिहीबार, चैत २२, २०८०
तस्करबाट रकम उठाउने बाँके एसपी सुवास बोहराको ‘कोर टिम’

  •     एसपीका आर्थिक मुख्य योजनाकार भन्छन्ः उठाएको रकम एसपीकोमा पुग्छ ।
  •     तस्करबाट रकम उठाउने निरज र दीपक भन्छन् : जागिर धरापमा राखेर एसपीका लागि रकम उठायौं ।
  •     कहिले नगद त कहिले बैंक खाता मार्फत रकम जान्छ ।
  •     रकम उठाउने ‘कोर टिम’को कुराकानीको पूर्णपाठ तल पढ्नु होला ।
  •     सम्पूर्ण प्रमाण सेतोखरी डटकमसँग सुरक्षित रहेको छ ।


नेपालगन्ज २२ चैत्र : बाँकेका विभिन्न तस्करबाट रकम उठाउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुवास बोहराको छुट्टै ‘कोर टिम’ रहेको खुलासा भएको छ । अपराध नियन्त्रण, सूचना संकलनका लागि राखिएको ‘कोर टिम’ले त्यसो नगरी तस्करहरु को–को छन् र मालसामान तस्करी कसरी हुन्छ पत्ता लगाउने, डिल गर्ने अनि रकम उठाउने काम गर्छ ।

एसपी बोहराले तस्करसँग रकम उठाउनका लागि कोही प्रहरी नराखेको र आफुले रकम नबुझेको झुठो दाबी गरे पनि सेतोखरीले (भाग २ मा) एसपी बोहराले रकम उठाउन राखेको ‘कोर टिम’लाई सार्वजनिक गरेको छ । तस्करबाट रकम उठाउने एसपी बोहराको ‘कोर टिम’मा को–को छन् ? त्यो टिमले कसरी रकम उठाउँछ ? उठाएको रकम कसरी एसपी बोहरासम्म पु¥याउँछ ? भन्ने कुराको वास्तविकता र ‘कोर टिम’को प्रतिक्रिया त्यो पनि उनकै शब्दमा सेतोखरीले राखिदिएको छ ।

तस्कर लगाएत बाँके जिल्लाभरीको विभिन्न क्षेत्रको रकम उठाउने एसपी बोहराको ‘कोर टिम’को आर्थिक मुख्य योजनाकार हुन् ‘बरीष्ठ सई माधव रिजाल’ । रकम उठाउनेका कमाण्डर भने बरीष्ठ सई सुशील रावल हुन् । त्यसपछि हवल्दार निरक विक र जवान दीपक बोहरा हुन् । सुशील, निरक र दीपक मिलेर तस्करबाट उठाएको रकम बरीष्ठ सई माधव मार्फत एसपी बोहरा समक्ष पुग्छ । बरीष्ठ सई माधवले तस्करबाट मात्र नभइ अन्य क्षेत्रबाट संकलन भएको रकम पनि बाँडफाँड गर्दै एसपी बोहरा समक्ष पु¥याउँछन् ।

यो पनि पढ्नुहोस् : बाँकेका एसपी सुबास बोहराले तस्करबाट यसरी उठाउँछन् पैसा

Kids Festival 2022
kanti aarogya hospital

एसपी बोहराका मुख्य योजनाकार माधवले उठाएको रकम एसपी समक्ष पुग्ने गरेको बताउँछन् । ‘उठेको पैसा त्यो त एसपी लगायत सबैतिर पुग्छ । त्यो त तपाईलाई थाहा भएकै कुरा हो । च्यानलवाईज तलबाट उठाएको पैसा थोरै–धेरै सबैलाई पुग्छ ।’ माधवले भने ‘उठेको पैसा एसपी सम्म नपुग्ने भन्ने नै हुँदैन । पैसा उठाएपछि एसपीलाई थाहा नहुने त्यस्तो पनि कहाँ हुन्छ ।’ 

वरीष्ठ सई माधव रिजाल अहिले कालिकोट छन् । उनी बाँकेमा हुँदा आर्थिक सबै आफैले हेर्थे भने कालिकोट गएपछि हरेक महिना नेपालगन्ज आइपुग्छन् र ‘कोर टिम’का सदस्यले उठाएको रकम बुझ्ने गर्छन् ।

आफुले बाँकेमा जीरो टोलरेन्समा काम गरिरहेको एसपी बोहराको दावी छ तर, उनको पैसा उठाउने ‘कोर टिम’ले आफ्नो जागिर धरापमा राखेर एसपीका लागि रकम उठाउने गरेको खुलासा गरेका छन् । उनको ‘कोर टिम’का सबै सदस्यले एउटै प्रतिक्रिया दिएका छन्ः ‘एसपी सावका लागि तस्करबाट हामीहरुले पैसा उठाउने गरेका छौं ।’ तस्करबाट कसरी रकम उठ्छ ? कति रकम उठ्छ ? उठाएको रकम कुन माध्यमद्वारा एसपी बोहरा समक्ष पुग्छ त ? ‘कोर टिम’का सबै सदस्यको भनाई जस्ताको त्यस्तै राखिदिएका छौं, अन्तिमसम्म पढ्न नछुटाउनु होला ।

माधव रिजाल, बरीष्ठ सई : एसपीका आर्थिक मुख्य योजनाकार
 
उठेको रकम त्यो त एसपी लगायत सवैतिर पुग्छ । त्यो त तपाईलाई थाहा भएकै कुरा हो । च्यानलवाईज तलबाट उठाएको पैसा थोरै–धेरै सबैलाई पुग्छ । उठेको पैसा एसपी सम्म नपुग्ने भन्ने नै हुँदैन ।
पैसा उठाएपछि एसपीलाई थाहा नहुने त्यस्तो पनि कहाँ हुन्छ । सबै कुराहरु त थाहा हुँदो होला । थाहा नहुने कुरा त्यस्तो कहाँ हुन्छ । उनीहरुले केही कुराहरु आफ्नो प्रयोजनको लागि जस्तो यता हाल्दिने, उता हाल्ने । यहाँ हाल उहाँ हाल ।

हैन । यो अब गइहाल्छ । ६–७ महिना भइगो । उ गैहाल्छ । म हुँदासम्म लाग्नुपर्छ, उठाउनु पर्छ भन्ने हिसाबले सबै लागे । म आईसकेपछि के–के गरे त्यो थाहा भएन ।

निरक विक : प्रहरी हवल्दार 

म बनकटवा गएको थिए । दीपक यहाँ कारागार गएको थियो । घर बर्दिया भुरीगाउँ हो ।
तलतिरका साना–साना हेर्छु । ठूला–ठूला हेरेको छैन । भित्र–भित्र सेटिङ्ग हुन्छ । क्यासिनो, जुवा हामीले हेर्दैनौँ । हामीले तस्करीको पुरै मालसामान हेर्छौं । चौकीको जिम्मा छैन । तस्करहरुबाट महिनामा ३–४ लाख उठाउँछौं । 

एसपीको लागि उठाउँछौं । उठाको पैसा राख्न पाइदैन, दोष मात्र हो । केही भयो भने जागिर चट हुन्छ, ठुलो रिक्समा काम गरेका छौं ।  हामीले हरेक रिर्पोट हाम्रो कमाण्डर सुशीललाई गर्थिम् । उठाएको पैसा खातामा हाल्ने सिस्टम छ, को माडेको खातामा पनि हाल्थे । पैसा हाल्न दीपक जान्थ्यो म जान्थेन । 

एसपी सापसँग डाइरेक्ट रिर्पोट गर्दैनौं  हामीले सुशीललाई दिन्छौं। उठाएको पैसा सिस्टमबाट बुझाउथिम् । खाता नम्बर दिनुहुन्थ्यो । त्यसमा हालिदिन्थम् । पहिले माधव सरलाई दिन्थिम् ।
मधव सर बचिहाल्छन् । फस्ने हामी दुईटा रहेछम् । लास्ट चोटी तपाईले हेरी दिनु प¥यो अब गर्दैनम् । 

सशस्त्र प्रहरीले खान्छ त्यही भएर धेरै दिदैनन् । हजुरलाई किन झुठ बोल्ने होर ३–४ लाख महिनामा उठ्छ । स्पष्ट भन्दा गलत त भएकै हो । केही भयो भने बचाउँदैन । एसपीले झन् फसाउँछ होला । 

दीपक बोहरा : प्रहरी जवान 

ब्यापक भन्दा पनि अलि–अलि चाहीँ गरियो होला । भ्याई न भ्याई त होइन अलि–अलि हो । सुरुमा माधव सर जिल्लामा हुनुहुन्थ्यो । सुरुमा हामी सन्जित सरसँग बसेका थिम् ।

लगभग सई टोली बसेको नाताले विचमा टोली यताउता भयो । म पनि कारागारमा गए । कोही कोहलपुर गए, पछि कमाण्डरले पुराना ग्रुपमा हामी ३ जना बचेको थिम् । ल ठिक छ पुरानै त्यई राख्ने कुरा भो । हामी बसिम, बस्दाखेरी म, निरक र अर्को मल्ल भन्ने ।

पहिला पुरानो गु्रुपको ३ जनालाई यही बसायो अनि यही बस्यौं र २–३ जना थपियो । तस्करीको सामान समात्ने, सबै हेर्ने काम हो । निरक र म मिलेर पैसा उठाएर सुशील सर कमान्डरलाई दिने । सुशील सरले एसपी सावलाई रिपोर्ट गर्नुहुन्छ ।

माधव सरले गरेको पहिल्यैदेखि हो । सुशील सरले उहाँलाई बुझाउनुहुन्थ्यो, वहाँले एसपीलाई । दुईजनाले पैसा उठाएर माधव सरलाई नै बुझाउने हो । उताको सशस्त्रले गर्दा खासै भाको छैन । महिनामा ३–४ लाख उठाउँछौं । चौकीसँग मतलब भएन । निरक भन्ने बर्दियाको हो । मेरो दरबन्दी गनापुर हो । निरकको अदालत हो । 

अप्ठ्यारो–अप्ठ्यारो समय छ । कुन दिन फुस्किन्छ जस्तो छ । बरु ड्युटी गर्नुपर्छ जस्तो छ । ढुक्कसाथ कमाउनलाई एउटाले जिम्मेवार लिनुपर्छ । एसपीको १२–१५ लाख महिनामा पुग्छ होला । पहिला–पहिला जति गर्न पाको छैन । अहिले टाइट छ तर, कहिलेकाहिँ त गरेकै छन् । अलि–अलि त सबैले गरेकै हुन्छ । जिरो त भा छैन । 

मलाई पैसा चाहिन्छ भन्ने, गर्न चाहीँ गर्ने, केही प¥यो भने चिन्दैन भनिदिने । राम्रो भयो भने पैसा एकमुष्ठ पाउने, आफू बच्ने तलकालाई पठाउने ।

जिल्लामा यताउता राम्रो गर्ने कमाण्डर नभएर यस्तो भा को हो । कमाण्डरलाई मतलब छैन । केही प¥यो भने एसपीले चिन्दैन भन्छ । अब काठाण्डौँ तान्छ के हो । जिम्मेवार कमाण्डर नभएर यस्तै भैराछ । 
एसपीले चिन्दैन भनेर सुख कहाँ पाउँछ । सुशील सरलाई भनेको कि जिम्मा लिनु प¥यो । गर केही परे म छु भन्नुप¥यो । अब यताउता भए त सिधै काठमाण्डौं तान्छ होला । अब काठमाण्डौँ मात्र हो । थाहा पाए त अब जागिर जान्छ होला ।

एसपी साव र माधव सरको कुरा हुन्थ्यो । हामीले पैसा उठाएर माधव सरलाई दिन्थिम् । माधव सरले एसपी सावलाई दिनुहुन्थ्यो । कहिले चाहीँ माधव सरले खाता नम्बर दिनुहुन्थ्यो त्यही खातामा जम्मा गर्थिम् । पैसा सैसा सब बुझाउने जिम्मा माधव सर कै हो । कालिकोटबाट विदामा आएर माधव सरले हामीबाट पैसा बुझेर लग्नु हुन्छ ।