नेपालगन्ज १९ वैशाख : श्रमिक दिवसको अवसरमा सञ्चारिका समूह पत्रकारीता पुरस्कारद्वारा दुई जना महिला पत्रकारलाई सम्मान गरिएको छ ।
सञ्चारिका समूह नेपाल बाँके शाखाको सिफारिसमा नेपालगञ्ज उपमहानगरपालिकाद्वारा प्रदान गरिएको नगद रासी सहित २०८० को वर्ष पुरस्कारद्वारा पत्रकारद्वय डाक्टर मुना श्रेष्ठ र रेजिना मल्ललाई बुधबार्र सम्मान गरिएको हो ।

वि.स. २०४९ सालदेखि पत्रकारीतामा सक्रिय भएर निरन्तर महिला पत्रकारलाई पत्रकारितामा स्थापित गर्न र महिला पत्रकारलाई पत्रकारितामा सक्षम बनाउनका लागि पुर्याएको योगदानको कदर स्वरुप डाक्टर मुना श्रेष्ठलाई सञ्चारिका सम्मान पत्र–२०८० प्रदान गरिएको थियो भने वि.सं. २०६५ सालदेखि नै कान्तिपुर टेलिभिजनमा आवद्ध भएर हालसम्म निरन्तर रुपमा पत्रकारिता सक्रिय भएकी कान्तिपुरकर्मी रेजिना मल्ललाई सञ्चारिका प्रमाण पत्र–२०८० प्रदान गरिएको थियो ।
डाक्टर श्रेष्ठलाई सञ्चारिका समूह नेपालको पहिलो निर्वाचित अध्यक्ष वन्दना राणाद्वारा सम्मानपत्र प्रदान गरिएको थियो भने कान्तिपुरकर्मी मल्ललाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले पुरस्कार वितरण गरेका थिए । पुरस्कृत हुने दुवैजना महिला पत्रकारहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाद्वारा प्रदान गरिएको नगद रासी भने नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामेदर भण्डारीले प्रदान गरेका थिए ।

सञ्चारिका समूह नेपाल बाँके शाखा र साथीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सञ्चारिकाले २०८१ सालको भित्ते पात्रोको पनि विमोचन गरेको थियो । उक्त भित्तेपात्रोलाई संयुक्त राष्ट्रसंको महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति (सिड) को सदस्य समेत रहेकी बन्दना राणा र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले संयुक्त रुपमा बिमोचन गरेका थिए ।

प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?