दुईवटा मन्त्रालय नपाए जसपा सरकारबाट बाहिरिने

लिखित सहमति कार्यान्वयन नगरि गठबन्धन सरकारले धोका दिइरहेकोछ : काफ्ले


सेतोखरी सेतोखरी   बिहीबार, वैशाख ६, २०८१
दुईवटा मन्त्रालय नपाए जसपा सरकारबाट बाहिरिने

नेपालगन्ज ६ वैशाखः लुम्बिनी प्रदेश सरकारमा रहेको जनता समाजबादी पार्टी (जसपा)ले सहमति अनुसार दुई वटा मन्त्रालय नपाए सरकारबाट बाहिरिने जनाएकोछ । 

गठबन्धन सरकारमा रहेको जसपाले लिखित सहमति कार्यान्वयन गर्न नखोजिएको भन्दै गठबन्धन सहमती अनुसार अगाडी नबढे भोली शुक्रबार सरकार छाड्ने चेतावनी दिएको हो । 

जसपाबाट लुम्बिनी प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गरेकी अम्बिका काफ्लेले गठबन्धनसंग भएको सहमति कार्यान्वयन नभए तुरुन्त सरकार छाड्ने सोतोखरीसँग बताईन । 

प्रदेश सदस्य काफ्लेले जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय र वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय सहित दुई मन्त्रालय दिने लिखित गठबन्धन सरकारले सहमति गरेको भन्दै अहिले आएर एउटा मात्रै मन्त्रालय पाउने भनेकाले जसपामाथि धोका भएको बताइन् ।

Kids Festival 2022
kanti aarogya hospital

‘गठबन्धन गराउँदा दुई वटा मन्त्रालय जसपालाई दिने लिखित सहमति भएको हो । अहिले आएर एउटा मात्रै  दिने भनि राखिएकोछ ।’ प्रदेश सदस्य काफ्लेले सेतोखरीसंग भनिन्–‘सहमति अनुसार जसपालाई दुई वटा मन्त्रालय नदिए हामी भोली सरकारबाट बाहिरिन्छौं ।’

उनले जसपाको लुम्बिनी प्रदेश सभा सदस्यको बैठक राखेको भन्दै भोली (शुक्रबार) साढे ११ बजे राखिएको उल्लेख गर्दै सहमति तत्काल कार्यान्वयन नगरे त्यही बैठकबाट सरकार छाड्ने निर्णय गरिने बताईन ।