नेपालगन्ज २१ वैशाख : नेपाल पत्रकार महासंघको केन्द्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । आज र भोलि गरी २ दिनसम्म चल्ने महाधिवेशनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेकाछन् ।
महाधिवेशन राष्ट्रिय सभागृहमा भइरहेको छ । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकालेका थिए ।
केन्द्रिय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा आएका छन् । केन्द्रिय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् । केन्द्रिय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ ।
केन्द्रिय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ । त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रिय समिति बैठकले गरिसकेको छ ।
यसपटक महासंघले प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दैछ । केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर प्रत्यक्ष निर्वाचन हुने छ । निर्वाचन अघि महासंघको सदस्यता वैशाख मसान्तभित्र शुद्धिकरण समिति र संगठन समितिले टुंगो लगाउने छन् ।
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए