लुम्बिनीमा ७ मन्त्रीले पाए जिम्मेवारी


सेतोखरी सेतोखरी   बुधबार, वैशाख १२, २०८१
लुम्बिनीमा ७ मन्त्रीले पाए जिम्मेवारी

नेपालगन्ज १२ वैशाख : लुम्बिनीका मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ । विना विभागीय मन्त्रीको जिम्मेवारीमा रहेका मन्त्रीहरूले जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्री तथा मन्त्री परिषद्को कार्यालयका अनुसार सहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमेश्वर ढकाल, आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालय रत्नबहादुर खत्रीलाई जिम्मेवारी तोकिएको छ । चारैजना मन्त्री नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका हुन्।

यस्तै, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिएको छ ।

चौधरी नागरिक उन्मुक्ति पार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीकी हुन् । यसअघि एमालेबाट चेतनारायण आचार्यले अर्थ मन्त्रालय, माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालय सम्हाली सकेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरले भने राजीनामा दिएकाछन् । जसपाले दुई वटा मन्त्रालय पाउने लिखित सहमति पालना नगरी एउटा मन्त्रालयमा असहमति जनाउनुहुँदै अहिरलाई राजीनामा गराएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जोखबहादुर महराले राखेकाछन् । लुम्बिनीमा यस अघि एमालेका लीला गिरी र नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुँदा १० मन्त्रालय थपिए । तर माओवादी केन्द्रका महरा मुख्यमन्त्री भएपछि दलहरूलाई भाग पु¥याउन मन्त्रालय फुटाएर दुईवटा थपिएको  हो ।

एमाले, माओवादी, नागरिक उन्मुक्ति, जसपा, एकीकृत समाजवादी गरी पाँच राजनीतिक दलका ४७ र स्वतन्त्र सांसद एकजना गरी ४८ प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा चैत २३ गते मुख्यमन्त्री बनेर विश्वासको समेत लिइसकेकाछन् ।