आईतबार, मंसिर १८, २०७९   ०३:५७:४६

सबैका लागि पहुँचयुक्त मतदान


सेतोखरी   2079-08-02

सिता बोहरा

मतदानको हक कुनैपनि व्यक्तिको लोकतान्त्रिक प्रक्रियाको सहभागिताका लागि अपरिहार्य छ । पहुँचयुक्त निर्वाचनले राजनैतिक सहभागिताको अधिकार प्राप्तिमा योगदान गर्छ । अपाङ्गता भएका व्यक्तिहरुले राजनैतिक र निर्वाचन सहभागितामा कयौ बाधाहरुको सामना गर्नुपरिरहेको छ । पहुँचको बिषयले निर्वाचनका धेरै पक्षमा प्रभाव पारे पनि यस पटकका लागि अन्य बहस ढिला भैसकेको छ । त्यसैले मतदान मात्रको सहजताले पनि मतदान प्रक्रियामा सहभागितालाई सुनिश्चित गर्छ ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई समावेशी तथा पहुँचयुक्त मतदान स्थल बनाउन निर्देशन समेत दिएको छ । त्यतिमात्र होईन गर्भवती, बिरामी, क्रियापुत्री, सुत्केरीलगायत मतदाताको लागि विश्राम गर्ने ठाउँको व्यवस्था गर्न र गम्भीर प्रकृतिका अशक्त, दीर्घरोगी, ज्येष्ठ नागरिक मतदातालाई सवारी साधनको प्रयोग गरी मतदान केन्द्रसम्म पु¥याउन र फर्किने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ । मतदान केन्द्र सम्म पुग्दा उक्त निर्देशन कतिको लागु हुन्छ हेर्न बाँकी छ ।

पाङ्गता भएका मतदाताहरुको मतदानअधिकार सुनिश्चित गर्नका लागि निर्वाचन आयोगले पहुँचयुक्त नमूना मतदानकेन्द्रका लागि मतदान स्थल छनोट तथा सामग्रीको प्रयोग सम्बन्धी मापदण्ड बनाउन परिक्षणको रुपमा नेपालभर एक सय मतदान केन्द्रहरुलाई पहुँचयुक्त बनाउने तयारी गरेको छ । जसबाट अपांगता भएका ब्यक्तिका साथै गर्भवति, सुत्केरि, बिरामि, अशक्त, जेष्ठ नागरिक, यौनिक अल्पसंख्यक, सामान्य मतदाता सबैले यसबाट लाभ पाउने बताईएको छ ।

अपांगता भएका मतदाता संख्या

बिश्व स्वास्थ्य संगठनका अनुसार बिश्वमा एक अर्ब भन्दा बढी मानिसहरू कुनै न कुनै प्रकारको अपाङ्गताबाट बरण गरेका छन् । जुन विश्वको जनसंख्याको लगभग १५ प्रतिशत हो । तर नेपालमा २०६८ को जनगणना अनुसार ५ लाखभन्दा बढी अपांगता भएका व्यक्ति छन् । जुन कुल जनसंख्याको २ प्रतिशत जति हो । तर अपांगताका क्षेत्रमा कार्यरत संघ संस्थाको दावि अनुसार नेपालमा कुल जनसंख्याको कम्तिमा १० प्रतिशत संख्या अपांगता भएका ब्यक्तिहरुको छ । त्यसमा पनि निर्वाचन आयोग संग भएको तथ्याँक अनुसार एक लाख ३७४ जना मात्र अपांगता भएको ब्यक्तिहरु निर्वाचनमा सहभागि हुन पाउँछन् । राज्यले सहि ढंलले पहिचान नगरेको हुँदा तथा मतदाता परिचय पत्र लिदाँ अपांगताको परिचय खुलाउनु नपर्ने हुँदा यो संख्या ज्यादै न्यून देखिएको अधिकार कर्मिहरुको बुझाई छ ।

अपांगता भएका ब्यक्तिहरुको मतदान अनुभव

गत स्थानिय तह निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्धक्क भएर मतदान गर्न र निर्वाचनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन आग्रह गरिरहदा हजारौ अपांगता भएका ब्यक्तिहरुका लागि सो निर्वाचन आत्मसम्मानमा आघात पुग्ने अस्त्र बन्यो । जुन आयोगको लागि चौतर्फि लल्जाको बिषय बन्यो । नेपालगञ्ज उपमहानगरपालिकाका फागुराम चौधरी, कलशा बि.क. लगायतले आफ्नो ट्राईसाईकल मतदान स्थल भित्र लैजानै पाएनन् । हरिकला थापा हिलाम्मे मतदान स्थलमा सकसपुर्ण मतदान गर्न जाँदा अन्य साङ्ग मतदाता केहिले बिचरा भने केहिले घरमा आनन्दले नबसि किन आएको भने । उनिलाई आत्मसम्मान गुमेको भान भयो नमज्जा लाग्यो ।

त्यस्तै लाल बहादुर सुनार बैशाखीको सहारामा एक घण्टा लाईनमै बसे, दृष्टिबिहिनले निधक्क बिश्वासले आफुले चाहेकालाई मत खसाल्न पाएनन् । दृष्टिबिहिन टेकराज जैशिले आफुले बिश्वास गरि ल्याएको सहयोगिले आफुले भनेको भन्दा अर्कैमा छाप लगाईदिए । त्यतिबेला उनि लाचार बने, सहयोगिलाई केहि भन्न पनि सकेनन् किनकी उसैले मतदान गर्न सघाएको थियो, त्यहाँ सम्म पुर्याएको थियो । बहिराहरु सुचनाको अभावमा सहजता महशुस गरेनन् । पूर्ण अपांगता भएका ब्यक्ति, बौद्धिक अपांगता भएका, मानसिक समस्याबाट ग्रसितभएकाको सकस झन कम्ती थिएनन् ।

अपांगता भएका, अशक्त मतदातालाई मतदानस्थलसम्म लैजाने व्यवस्था नहुँदा जुन उम्मेदवार वा राजनीतिक दलले ल्याउने लैजाने व्यवस्था गर्छ, उसैले सहयोगिको भुमिका निर्वाह गर्छ र छाप उसैले आफ्नै बिबेकले लगाउने वा सोको लागि मनाउने पक्का हो । त्यस्तै दृष्टिबिहिनको सहयोगिले आफुले भनेकोमा मत खसाल्नेमा ढुक्क हुन सकेका छैनन् । त्यतिमात्र होईन बिभिन्न राजनितिक पार्टिले अपांगता भएका ब्यक्ति, जेष्ठ नागरिक, असक्तहरुलाई मतदान स्थल सम्म पुर्याउने र अलपत्र पार्ने गरेको हामिले प्रत्यक्ष देख्यौं, सुन्यौं । राजनितिक दलका उम्मेदवार स्वयम आफ्नो सवारी साधनमा बोकेर ल्याउन र अलपत्र छाडेको समाचार संचार माध्यम, सामाजिक संजालमा प्रसस्त नै देखिए ।

यस्तै सकस बेहोर्न नपरोस भनेर संबिधानमा उल्लेख हक, बिश्वब्यापि मानव अधिकार घोषणा पत्र, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी राष्ट्रसंघीयमहासन्धि, अपाङ्गता भएका व्यक्तिकालागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन आदि कानुनी ब्यवस्थाहरुको बारेमा सरोकारवालाहरुलाई बिभिन्न माध्यमबाट अपांगता भएका ब्यक्तिहरु र तिनका संघसंस्थाहरुले सम्झाई रहेका छन् । अपांगता भएका ब्यक्तिहरुको राजनैनिक अधिकारको लागि पहुँच युक्त मतदानको लागि आवाज उठाईरहेका छन् । कानुनले राजनीतिक तथा सार्वजनिक जीवनमा अपांगता भएका व्यक्तिको सहभागिता, समावेशिता र प्रतिनिधित्वको वकालत गर्छन् । आखिर यी समावेशी, स्वस्थ र सुदृढ लोकतन्त्रका आधारभूत पक्ष पनि त हुन । त्यसताका अपांगता भएका मतदाताप्रति संवेदनहीन देखिएका कर्मचारि, सुरक्षाकर्मिहरुलाई यसपटक दोहोर्याउनु हुँदैन र नयाँलाई राम्ररी प्रशिक्षण दिएर मात्रै खटाउनुपर्छ भन्ने अपांगता भएका ब्यक्तिहरुको माग रहेको छ । मतदानस्थलमा जानकारीमूलक बोर्डहरू सांकेतिक भाषामा पनि राखिनुपर्छ भन्ने आवाज पनि उठ्यो ।

अपांगता संग सम्बन्धित संस्था र व्यक्तिले अपांगतामैत्री मतदानस्थल र संरचना निर्माणका लागि बिभिन्न माध्यमबाट दबाब दिईरहेका छन् प्रदेश र संघीय चुनावमा पनि उनै व्यवधान र विभेदको सामना गर्नु नपरोस भन्ने हेतुले ।

पहुचयुक्त मतदान स्थल

मतदान स्थल निमार्ण पुर्ब मतदान अधिकृत र कर्मचारिलाई दिईने तालिममा अपांगता सम्बन्धि बिषयबस्तु राखिनु पर्छ । पहुँचयुक्तता सम्बन्धि अवधारणा खटिने कर्मचारि र सुरक्षाकर्मिलाई बुझाउनु पर्छ । यहाँ संरचनामात्र होईन मतदानमा संलग्न कर्मचारी, सुरक्षाकमि र स्वयमसेवकको मनोबृतिले पनि ठुलो भुमिका खेल्छ । पहुचयुक्त मतदान स्थल हुनका लागि सामान्यतया निम्न कुराहरुमा ध्यान दिनु पर्छ ।

- अपाङ्गतामत्रैी मतदान केन्द्रको लागि मतदान स्थल समतल स्थानमा हुनुपर्छ ।
- मतदान केन्द्र निर्माण गर्दा चट्टान भएको उकालो आरोलो खडु्किला, भ¥याङ् वा सिढीकंो प्रयोग गनुपर्ने स्थानमा निर्माण गर्नु हुँदैन ।
- मतदान केन्द्र बनाउने स्थान वरपर खाल्टाखुल्टी वा हिलो नरहेको ढल वा पानी नबग्ने र लामो लामो घाँसपातसमते नरहेको सुिनश्चित गनुपर्छ ।

प्रतिनिधि सभा तथा प्रदशे सभा सदस्य निवार्चन निर्देशिका, २०७९ को दफा २७ ले ताके बमोजिम मतदान केन्द्र निर्माण गर्दा देहायका करुामा ध्यान दिनपुर्छ :

१.मतदान स्थल-केन्द्रभित्र आउने र बाहिर जाने स्थान वा द्वारको चाडौइ कम्तिमा १ मिटर हनुपुर्छ ।
२.गोप्य मतदान कक्षमा राखिएको टेबुलको उचाइ भुँईबाट ९० सेिन्टमिटरदेिख १ मिटरसम्म अग्लो हनुपुर्छ ।
३.मतदाताको सहजताका लागि गोप्य मतदान कक्ष भित्ताबाट कम्तिमा १ मिटरको दुरीमा राख्नपुर्छ ।
४.मतपेटिका राख्ने टबेलुको उचाइ भुँईदेखि बढीमा ३५ सेन्टिमिटर अग्लो हनुपुर्छ ।
५.मतदान केन्द्रमा ह्विलचियर र प्रगोगकतार्लाई सहज हुने गरी मतदान सामग्री व्यवस्थापन गनर्पुर्छ ।

त्यसैगरि मतदान प्रक्रियालाई साच्चै नै अपांगता मैत्रि बनाउने हो भने निर्वाचन आयोगले ब्यवस्था गरेको स्वंमसेवकमा सांकेतिक भाषाको दोभाषे, दृष्टिबिहिनका लागि गमनशिल तालिम लिएको वा अपांगता सम्बन्धि बुझेको ब्यक्तिलाई एक केन्द्रमा कम्तिमा एक जना ब्यक्तिलाई स्वयमसेवकको रुपमा परिचालन गर्न जरुरी छ । अपांगता मैत्री शौचालय, मैत्रिद्धार, बिश्राम स्थल लगायत कुनै अपांगता भएका मतदातालाई स्वतन्त्र रुपमा मतदान गर्न सहयोग सामग्री आवश्यक पर्न सक्छ । जस्तै ट्याक्टायल ब्यालेट गाईड, म्याग्नीफाईङ्घ ग्लास, समाउन सजिलो हुने ठुलो कलम आदि र मतदानमा खटिने सबै कर्मचारीलाई मतदान केन्द्रमा राखिएको सहयोग सामग्री कसरी उपयोग गर्ने भनी तालिम पनि दिनु पर्छ । यदि यि सामाग्री छैनन् भने अपांगता मैत्रि सहयोगिको ब्यवस्था आवश्यक हुन्छ । हाम्रो मतदान प्रणालि बिद्युतिय नभएको हुँदा, ब्रेलमा मत पत्रको उपलब्धता नहुँदा मत संकेत गर्न दृष्टिबिहिनलाई समेत सहयोगिको खाँचो पदर्छ ।

अन्तमाः

अपाङ्गता भएका व्यक्तिहरुलाई राजनैतिक र सार्वजनिक जीवनमा सहभागी हुने पूर्ण अधिकार छ त्यसैले अरु व्यक्तिकै बराबरीमा ती राजनैतिक अधिकार उपभोग गर्ने अवसर प्रदान गरिनुपर्छ । अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो राजनैतिक लगायत अन्य अधिकारको प्रयोगमा निकै बाधा र अडचनको सामना गरिरहनु परेको अवस्थामा जे जस्तो स्रोत साधन छ त्यसको समुचित प्रयोग गरेर पहुँच बढाउन सकिन्छ ।

अपाङ्गता भएका व्यक्तिहरुसँग सम्वन्धित संयुक्त राष्ट्रसंघीय महासन्धी (CRPD) ले राजनैतिक तथा अन्य अधिकारको बराबर पहुँचका लागि राज्यहरुलाई राजनीतिक सहभागितामा आउने अवरोधहरु पहिचान गर्न र हटाउन अनिवार्य गरेको छ । गैर भेदभावका लागि, मतदान प्रक्रिया, सुविधा, र सामग्रीहरू उपयुक्त, पहुँच योग्य र बुझ्न र प्रयोग गर्न सजिलो हुनुपर्छ । अपांगता भएका ब्यक्तिहरुले प्रयोग गर्ने र पुर्ण अशक्तलाई बोकेको सवारी साधनलाई त्यस दिनमा प्रतिबन्ध लगाउने नलगाउने बिषयमा पनि संबेदनशिल हुनु पर्छ । लोकतन्त्रको पर्ब निर्वाचनमा अपांगता भएका ब्यक्तिहरुलाई बिभेद गर्नु कानुनी अपराध हो । निर्वाचन प्रक्रियामा सहभागि गराई मतदान प्रक्रिया र मतदानस्थलहरुलाई पहुचयुक्त बनाईयो भने मात्र अपांगता भएका ब्यक्तिहरुको राजनैतिक अधिकारको सुरक्षण हुनेछ ।

थप समाचार

बाँकेमा अपांगमैत्री मतदान केन्द्र नहुँदा मतदाताले सास्ती भोगे