होलीमय नेपालगन्ज


होलीमय नेपालगन्ज

नेपालगन्ज २० फागुन : यस वर्षको फागु पूर्णीमा अर्थात होली यही फागुन २२ र २३ गते मनाईदैछ । दुई दिनसम्म मनाइने यो चाडले नेपालगन्जलाई काखी च्यापीसकेकोछ । होलीको पूर्वसन्ध्यामा नेपालगन्जका चोक–चोक तथा गलीमा होलीका सामाग्रीले भरिभराउँछन् । बालकदेखी बृद्धासम्मलाई होलीको उमङ्गले छोइसकेकोछ ।

होली आउनु पूर्व नेपालगन्ज तथा आसपासका विद्यालय, कलेजहरुमा होलीले आफ्नो उपस्थिती जनाइसकेकोछ । यतिखेर नेपालगन्जका अधिकांश विद्यालय र कलेज बन्दको हुनु पूर्व विद्यालय तथा कलेजबाट घर फर्केने विद्यार्थीहरु रगिन अनुहार लिएर फर्किरहेकाछन् ।

दुई दिनसम्म मनाइने पर्व धार्मिक तथा साँस्कृतिक हिसाबमा महत्वपूर्ण चाडका रुपमा लिइएकोछ । यो चाड पछिल्लो समय हिन्दू धर्मावलम्बीहरु माझ मात्र सिमित भएन । अन्य धर्मवालम्बिहरुले पनि उत्तिकै चाख दिएर मनाउने गर्छन् ।

धार्मिक तथा साँस्कृतिक सद्भावसंग जोडिएको होली पर्वले बैमनस्यता, रिस, राग तथा मनमुटावलाई पनि तोड्ने काम गर्छ । नेपालको पहाडी जिल्लामा होली चाड यहि फागुन २२ गते सोमबार मनाईदैछ भने त्यसको दोस्रो दिन तराईमा अर्थात फागुन २३ गते मङ्गलबार फागु पूर्णीमा मनाइँदैछ ।

Kids Festival 2022
kanti aarogya hospital

दोस्रो दिन तराईमा मनाइने भएता पनि होलीले नेपालगन्जलाई छोएकोछ । होली आउनु हप्तादिन अघिबाटै नेपालगन्जमा यसको उमङ्ग छाइसकेकोछ ।

यसरी मनाउन थालियो होली

होली नेपाली तथा भारतीय हिन्दूहरूको प्रमुख चाड मध्ये एक हो । हिन्दू संस्कृतिमा यो चाड प्रत्येक वर्षको फागुन शुक्ल पुर्णीमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूले समेत मनाउने गर्छन् ।

यसको धार्मिक विश्वास तथा मान्यता छ । त्रेता यूगमा भगवान विष्णुका परमभक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ । हिरणयकश्यपका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलीकाले आगोमा भष्म पार्न लाग्दा होलीका स्वयम आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका चाड मनाउन थालिएको हो । असत्यमाथि सत्यको विजयका रुपमा यसलाई मनाइन्छ ।

रङ्गहरुको चाड होली

होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र ईतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि छ्याप्ने चलन छ । साना बालबालिकादेखि बृद्ध–बृद्धाले होलीको मजा लिनेगर्छन् । युवा–युवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन् ।

भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ ।

होली चाड घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णीमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइनेरङ्गीन पर्वको रूपमा लिइन्छ ।

थप समाचार

बाँकेमा होली लक्षित सुरक्षा सर्तकता : सीमामा ‘डग स्निफिङ’ देखि क्विक रेस्पोन्स टिम परिचालित