बाँकेमा होली लक्षित सुरक्षा सर्तकता : सीमामा ‘डग स्निफिङ’ देखि क्विक रेस्पोन्स टिम परिचालित


बाँकेमा होली लक्षित सुरक्षा सर्तकता : सीमामा ‘डग स्निफिङ’ देखि क्विक रेस्पोन्स टिम परिचालित

नेपाल–भारत सीमानाका जमुनाहमा ‘डग स्निफिङ’ गरिदैँ । फाईल तस्विर: सेतोखरी

नेपालगन्ज १९ फागुन : बाँके प्रहरीले नजिकिदै गरेको होली पर्वलाई मध्यनजर गर्दै आफ्नो सुरक्षा व्यवस्था कडा पारेको छ । होली पर्वमा अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेले बिशेष सुरक्षा योजना अन्तर्गत चेकजाँचलाई तिब्र बनाएको छ ।

बाँके प्रहरीको टोलीले होली पर्वमा हुन सक्ने आकस्मिक अप्रिय घटना रोक्न केहीदिन अघिदेखि नै आफुहरुले काम सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोससिंह राठौरले जानकारी दिए ।

‘हामीहरुले लागुऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथामलाई चुस्त बनाउन सीमा नाकामा बिशेष चेकजाँच अभियान सुरु गरिसकेका छौं । हामीले त्यो काम अझ प्रभावकारी होस भन्ने हेतुले त्यसप्रकारको चेकजाँचमा तालिमप्राप्त कुकुर समेत हामीले प्रयोग गरिरहेका छौं ।’– प्रहरी उपरीक्षक राठौरले भने ।

‘नजिकिदै गरेको होली पर्व लक्षित सुरक्षा योजना बमोजिम सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसारलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय जमुनाहा, लागु औषध नियन्त्रण व्युरो बाँके र के–नाईन शाखा कोहलपुर बाँकेद्वारा संयुक्त रुपमा ‘डग स्निफिङ’ तथा चेकजाँच समेत ग–यौं ।’

जिल्ला प्रहरी बाँकेले सिमा नाकामा इलाका प्रहरी कार्यालय जमुनाहा, लागूऔषध नियन्त्रण ब्युरो र तालिम प्राप्त प्रहरी कुकुर कमाण्ड गर्ने के–नाइन शाखा कोहलपुरको संयुक्त टोलीले लागूऔषध ओसारपसार हुन नदिन बिशेष चेकजाँच गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

साथै बाँके प्रहरीले होली पर्वमा कुनै आपराधिक घटना हुन नदिन पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्निफिङ, सादा पोशाक, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रेस्पोन्स टिम, भिग्रस चेकिङ र कमाण्ड पोष्ट मार्फत सुरक्षा अवस्था निगरानी हुने गरी योजना बनाएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरले जानकारी जानकारी दिएका छन् ।

‘यो समयमा हामीले होटलहरुमा चेकजाँचका कुराहरुलाई पनि तिव्रता दिएका छौं । जसका लागि हामीले आवश्यक जनशक्ति समेत परिचालन गरेका छौं । यहाँको सुरक्षा व्यवस्थालाई लिएर हामी गम्भिर भएर लागेका छौं ।’– राठौरले अगाडी थपे । ‘यतिमात्र नभाई सुरक्षा व्यवस्था चुस्त राख्नका लागि हामीले गण र गुल्महरुसंगपनि आवश्यक समन्वय गरेका छौं ।’