उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

जानौं संविधानले उपराष्ट्रपतिलाई दिएको अधिकार


उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

नेपालगन्ज ३ चैत्र : उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा १० दलीय गठबन्धनबाट यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले केही बेरअघि सार्वजनिक गरेको नतिजाअनुसार यादवको पक्षमा ५१३ जना सांसदले मतदान गरेका छन् । उनलाई संघीय संसदका १८४ र प्रदेशसभातर्फका ३२९ सांसदले मत दिएका छन् ।

विजयी यादवले प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् । उनले संघीय संसदतर्फ १४ हजार ५३६ मतभार ल्याएका छन् । उनको पक्षमा ३० हजार ३२८ मतभार परेको हो । उता पराजित नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ जना सांसदको मत पाएकी छन् ।

पराजित भएकी अष्टलक्ष्मीले प्रदेशतर्फ ८ हजार ११२ र संघतर्फ ८२१६ मतभार ल्याउन सफल भइन् । उनको पक्षमा जम्मा १६ हजार ३२८ मतभार ल्याइन् । त्यस्तै तेस्रो नम्बरमा रहेकी जनमत पार्टीकी ममता झाले प्रदेशतर्फ १५ र संघतर्फ २३ सांसदको मत पाइन् ।

Kids Festival 2022
kanti aarogya hospital

जानौं संविधानले उपराष्ट्रपतिलाई दिएको अधिकार

२०७२ सालमा जारी भएको संविधानले राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी भाग ६ मा व्यवस्था गरेको छ । संविधानको धारा ६७ मा उपराष्ट्रपतिसम्बन्धी व्यवस्था गरिएको छ । ६७ (१) मा नेपालमा एक उपराष्ट्रपति रहनेछ भनेर लेखिएको छ ।

यस्तै, ६७ (२) मा राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिनेछ भनि लेखिएको छ । अर्थात, राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट राष्ट्रपतिले गर्न पाउने सम्पूर्ण कार्यहरू सञ्चालन गर्न सक्ने संविधानले अधिकार दिएको छ ।

संविधानको धारा ६६ राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले गर्न पाउने कामबारे उल्लेख गरिएको छ ।

६६. राष्ट्रपतिको काम, कर्तव्य र अधिकार : (१) राष्ट्रपतिले यो संविधान वा संघीय कानूनबमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।

(२) उपधारा (१) बमोजिम अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानूनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ । त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्रीमार्फत पेस हुनेछ ।

(३) उपधारा (२) बमोजिम राष्ट्रपतिको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण संघीय कानूनबमोजिम हुनेछ ।

उम्मेदवारी फिर्ता लिएकी जसपाकै सांसद प्रमिलाकुमारीको पक्षमा पनि सांसदले मत दिएका छन् । उनको पक्षमा प्रदेशतर्फ ३ जनाले मत दिएका हुन् ।

थप समाचार

रामचन्द्रको संक्षिप्त परिचय, जानौं संविधानले राष्ट्रपतिलाई दिएको अधिकार

उपराष्ट्रपति पदका लागि मतदान जारी, परिणाम साँझ ६ बजेभित्र

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी, सत्ता गठबन्धनकै तीन जना