अल्जाईमर्स रोगसँग सासुआमाको संर्घष


सेतोखरी सेतोखरी   शनिबार, असोज १३, २०८०
अल्जाईमर्स रोगसँग सासुआमाको संर्घष

हेमलता जि.सी.

हरेक ब्यक्तिको  जीवनमा कुनै न कुनै संर्घषको  कथा हुने गर्छ । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा जीवनलाई सहज बनाउन सबै तर्फबाट मानिसहरु लागि परेका हुन्छन् । सामाजिक, साँस्कृतिक, आर्थिक, मानसिक या भनौशारीरिक स्वास्थ्यको लागि जीवन भरी नै लडिरहेका हुन्छन् । अस्वस्थ हुन कसैको इच्छा हुदैन र स्वस्थ हुन पाउन सबैको भाग्यमा पनि नहुँदो रहेछ । स्वस्थ बन्नु र रहनु सबैको कामना हो । घरपरिवारको जिम्मेवारी निर्वाह गर्दा गर्दै आफ्नौ स्वास्थ्य प्रति समय निकाल्न नसक्ने र सामान्य बिरामी हो भन्दै पन्छिने हाम्रो प्रवृत्तिले पछि त्यही सामान्य मानिएको रोगले शरीरको कुनै भागलाई नराम्ररी असर पारेको देखिन्छ । 
हो आज त्यही कुरालाई उठाउन कोसिस गरिरहेकी छु । हाम्रा बाआमाहरुले शरीरमा तागत हुँदासम्म आफ्नो शारीरिक र मानसिकमा पर्ने प्रभावलाई खासै वास्ता गर्नु हुदैन ।  र पछि उमेरसंगै शरीरिक रुपमा कमजोर हुने र पछिल्लो समयमा उमेरसँगै मानसिक रुपमा विक्षिप्त पार्ने गरेको रोग हो “अल्जाइमर” । यो रोगले थला पारेको व्यक्तिलाई विक्षिप्त पार्छ नै,अन्य परिवार सदस्यहरुमा पनि अप्रत्यक्ष रुपमा असर पारेको हुन्छ । 
मेरो सासुआमा सुदूरपश्चिम प्रदेशको अत्यन्त पिछडिएको जिल्ला अछाममा जन्म भई त्यही मुखिया परिवारमा विवाह  भयो । बैवाहिक जीवनलाई सहज र सफल पार्दै ६ सन्तानहरुको आमा बन्नु भयो  । ससुरा बा को निधन पछि सम्पूर्ण पारिवारिक जिम्मेवारी निर्वाह गर्दै आउनु भएको सासुआमा त्यस्तो विकट, कुनै पनि पूर्वाधार विकास पनि नभएको ठाउँमा  ६ सन्तानहरुको हेरविचार गर्दै जीवनलाई अगाडी बढाउदै जानु भएको थियो । खाना लाउनकोे समस्या थिएन तर एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण  र व्यवहार राम्रौ हुदैन्थ्यो । एकल महिला भएकै कारण आफ्नै घरपरिवारबाट कसैले पनि सहारा र सहयोग गर्न अग्रसर हुदैनथ्यो भने अरुबाट के आशा र अपेक्षा गर्ने सासुआमाले भन्नु हुन्थ्यो ।  घरभित्र र घर बहिर सबै आफै जिम्मैवारी पुरा गर्नु पर्नै हुन्थ्यो । विरामी पर्दा पनि घरेलु उपचार बाहेक कुनै विकल्प पनि हुन्थेन । सडक नभएकौले मोटर गाडी पनि चल्दैन थियो । सानो सानो स्वास्थ्य चौकी भए पनि घाउ खेटेरा निको पार्न औषधी मलम पनि हुन्थेन । आफ्नो शरीरलाई निको पार्न धैरै संर्घष गर्नु पर्दथ्यो  । यी र यस्ता कारणले उपचार नपाए कतिपय अकालैमा दुःखद निधन हुने गथ्यो ।  
सासुआमालाई कानको समस्या  देखिएपछि सदरमुकाम लगेर कानको उपचार गर्यौ । तर  उपचारको क्रममा अस्पतालको लापरवाहीले कानको समस्याको चिन्ताले सासुआमा विस्तारै दिमागी समस्या  देखिन थाल्यो । गाँउघरमा छोरीहरु ठूली हुदैँ गएपछि विवाह छिट्टै गरिदिने चलनले चारवटी छोरीहरु मध्ये तीनवटी छोरीहरुको विवाहबारी गरिदिनु भयो भने दुईवटा छोराहरु उच्च शिक्षा तथा उज्जवल भविष्यको लागि शहर तिर झरे । मेरो सासुआमा आफू शिक्षित नभए पनि बालबच्चाहरु पढ्नु पर्छ भन्ने महान् सोच राख्नु हुन्थ्यो त्यो बेलामा पनि । छोराहरुसंगै नभएपछि घरपरिवारका सम्पूर्ण व्यवहार तथा जिम्मेवारी आफै समाल्दै जीवनमा हुने गरेको दुख र संर्घषलाई आफ्नै जिवन चर्या बनाउदै जाउनु भएको थियो मेरो सासुआमाले । घरभित्रको काम, मेलापात र त्यसमा पानी लिन पनि धैरै टाढा जानु पर्ने बाध्यता थियो भने विरामी पर्दा औषधी उपचार पाउन नसकिने अर्को ठूलो समस्या नै हुन्थ्यो । सासु आमा ज्यादै मेहेनेती,इमान्दार र सोझो  पनि । समस्या आयो हाल्यो भने पनि  सकि नसकि सबै आफ्ै गर्ने बानी, विरामी पर्दा पनि घरपरिवारलाई नभनिदिने  बरु सम्पूर्ण जिम्मेवारी सम्हाल्न कहिल्यै पछि हट्नु भएन । यी सबै कुरा भई रहँदा पनि एक महिलालाई सहज  भने थिएन,यी र यस्ता व्यवहारले तनाब हुने स्वभाविक नै हो । सासु आमाको खासै उमेर होईन तर घरपरिवारको जिम्मेवारीले थिचिएकी सासु आमा विस्तार स्वास्थ्यमा दिमागमा असर पर्दै गयो । विरामी पर्ने,विरामी परिहाल्यो भने पनि ,भने जस्तो उपचार गर्न नपाउने समस्या मेरो सासु आमा मात्र होईन,त्यहाँका बासिन्दा कै समस्या थियो । समय सधैँ एकनास हुदैँन,उच्च शिक्षा सकिए पछि छोराहरु जागिरे भए । आमाको स्वास्थ्य बेला बेला बिग्रन थालेपछि छोराहरुले शहरमा घर बनाई आमाको स्वास्थ्य उपचार गर्न सहज हुन्छ भन्दै आमा र कान्छी बहिनीलाई शहरतिर नै झारे । सासु आमालाई कानको उपचारको लागि मेरो जेठाजुले मुम्बई लैजानु भयो । सासु आमालाई कानको श्रवण शक्ति एंव सुन्ने शक्ति कमजोर भएको भन्दै डाक्टरले हेयरिङ एड्स र केही औषधि  दिएपछि नेपाल फर्कनु भयो ।
हेयरिङ एड्स मेशिन लगाउन सासुआमालाई सजिलो थिएन,बानी पार्न धैरै कोशिस गर्नुभयो । केही समय सम्म हेयरिङ एड्स मेशिन लगाउनु त भयो तर आफूलाई मेशिनले काम नगरेको भन्दै घरी लगाउने त घरी फुकाल्ने गर्ने बानी अन्नतः हेयरिङ एड्स मेशिनलाई पूर्ण रुपमा फुकालिदिनु भयो सासु आमाले ।  
त्यसपछि बोल्दा नसुन्ने तर नजिक गएर बोल्दा भने अलि सुन्ने गर्नु हुन्थ्यो । सामान्य रुपमा सुन्न नसकिने समस्याले अरु कोहीले आपसमा बोलि हाल्यो भने पनि मेरै कुरा गरेको भन्दै हिनताबोध गर्नु हुन्थ्यो  र हामीसँग नजिक नबसि एक्लै कोठामा बस्न जानु हुन्थ्यो । एकातिर कान नसुन्ने समस्या थियो भने अर्काेतिर विस्तारै टाउको समस्याले पिरोलिन थाल्यो आमालाई । 
उमेर छँदा, शरीरमा तागत हुँदा एक्लै घरपरिवारको जिम्मेवारी काँधमा थियो । आफूलाई शारीरिक र मानसिक रुपमा गा¥हो हुँदा पनि सबै दुःखलाई विर्सिएर बालबाच्चाको लालनपालन र उज्जवल भविष्यका लागि सोच्न महान् विचार र त्यागी हुने आमा मात्र हुन् । 
एक्लै जीवनभरी दुःख,गा¥हो गरी, आफ्नो जीवन राम्रो बनाउन भन्दा बालबच्चाको सपना पुरा गर्नु एक महान आमाले मात्र गर्न सक्छ भन्ने कुरामा दुईमत छ्रैन । 
छोरा छोरीहरुको सबै राम्रो घरव्यवहार भएको र अब सुखका साथ छोरा बुहारीसँगै बस्ने र नाति÷नातिनीहरुसँग रमाउन र खेल बस्न बेलामा आमालाई टाउको समस्याले गा¥ह्रो हुदै गयो । छोराहरुले औषधि उपचारमा केही कमि गरेनन् । सासु आमालाई आफूलाई समस्या वा गा¥ह्रो हुँदा पनि न छोराहरुलाई न त छोरीहरुलाई मनका कुरा भन्नु हुन्थ्यो सायद आमालाई अप्ठ्यारो लाग्थ्यो । यी कारणले आमाको कतिपय कुराहरु बुभm्न सबैलाई अलि समस्या नै हुने गथ्र्याे । 
टाउकोको औषधि पनि खानु हुन्थ्यो । कहिले निको भए जस्तो त कहिले गा¥ह्रो हुने जस्तो देखिनु हुन्थ्यो । विस्तारै विस्तारै कुराहरु बिर्सिने र आफ्ना सन्तानहरुलाई समेत विर्सनु थाल्नु भएको देखेर आमालाई काठमाण्डौँ उपचारको लागि लग्यौं   । 
आमालाई उपचारको लागि काठमाण्डौँको मेरिडियन अस्पतालमा आमाको आवश्यक पर्ने सबै हाल बडीको टेस्टींग गरियो । आमाको रिर्पोट सबै नर्मल थियो । जस्तै ः कगनबच,उचभककगचभ,दयियम,तजथयष्म आदि सबै ठिकै थियो । जुन विषयको चिन्ता थियो हामीलाई आखिर सासु आमालाई डेमेन्सीया अर्थात विर्सिने रोग भएको कुरा डाक्टरले हामीलाई बताउनु भयो ।  डाक्टरले भने अनुसार आमाको जस्तो अवस्था छ त्यो भन्दा सुधार नहुने तर यथावथमा राख्न आमालाई नियमित औषधि सेवनको विकल्प नहुने भनेपछि आमालाई नियमित रुपमा दिनको दुई पटक औषधि सेवन गर्नु पर्नै भयो  । 
सासु आमालाई डेमेन्सिया अर्थात अल्जाइमर रोगले  स्मरण शक्ति,सोच्ने क्षमता लगायतका कारण आमाको व्यवहारमा समेत असर पर्ने काम हुन्थ्यो । आमालाई सबै सन्तानहरुको माया र हेरविचार थियो । कमि थियो,उहाँको स्वास्थ्यका कारणले आमा धेरै कमजा्ेर भैसक्नु भएको थियो । सासु आमाले चाहेर पनि केही गर्न सक्नु हुन्थेन कारण कान नसुन्ने र त्यसमाथि अल्जाइमर रोगले पिडित हुनु हुन्थ्यो । 
आमाको दैनिक जीवनमा गरिने काम जस्तै ः खाना खाने,नुहाउने,दिशा गर्ने,पिसाव गर्ने आदि कार्यमा कसैको सहारा विना सम्भव थिएन् । 
आमाले खाना खादा खान बिचैमा विर्सने ,खानालाई सम्झाउनु पर्ने । 
दिशा पिसाब आफै गर्न सक्नु हुन्थेन,जहाँ पायो त्यही गरि दिनु हुन्थ्यो । 
एक्लै आमालाई छौड्न मिल्दैन थियो । दिनमा हामीले आमाको बच्चा जस्तै सबै  चिजको हेरविचार पहिलो जिम्मेवारी हुन्थ्यो जुन हामी सबैले मिलेर आमाको रेखदेख गर्थौ पनि । फोहोर नहोस् भनेर राति सुदाँ आमालाई    म्ष्बउउभच  लगाइदिने गथ्र्यौ तर विहान सधैँ म्ष्बउउभच च्यातचुत गरिदिनु हुन्थ्यो । 
मेरो सासु आमा यति सफासुघर हुनुहुन्थ्यो,फोहोर हेर्न साथ कुच्चो लिएर बराल्न थाल्नु हुन्थ्यो । घर आँगन,भाडाँकुडा कति पनि फोहोर राख्न बानी थिएन भने आज आफ्नै शरीरमा दिशा पिसाब हुदाँ समेत कुनै कुराको चेत छैन । घरलाई सधैँ उज्यालो राख्नुपर्छ भन्ने मलाई धेरै माया गर्ने भगवान् जस्तो सासु आमाको यो अवस्थामा देख्दा आँखाबाट आँशु झथ्यो । सबैको राम्रो चाहाने र सहयोगी भावना रहको आमा किन यस्तो अवस्थामा पुग्नु भयो भनेर ज्यादै चिन्तित हुने गर्थे । अल्जाइमर रोगले गलिएकी आमा कुरा गर्दा शब्द याद नहुने,आफ्ना छोरा÷छोरीलाई समेत पहिचानमा बिर्सिने ,आफना भाव व्यक्त गर्न गा¥ह्रो हुने गर्दथ्यो । नियमित औषधि सेवन गर्नु भएता पनि आमाको उमेरसंगै मानसिक र शारीरिक रुपमा ज्यादै कमजोर भईसक्नु भएको अवस्था ज्यादै काहालिलाक्दो थियो । मात्र आमाको सास चल्ने बाहेक आमाको कुनै भाव प्रकट हुन्थेन । मात्र सन्तानहरुले विशाल र सुन्दर शब्द “आमा”  उचारण गर्न पाएका थिए । सास रहुन्जेल आशा हामी सबैलाई हुन्छ । आमा साथमा छन् भन्न पाएका थियौ । हामी सबै थाहा छ जन्म पछि मृत्यु सत्य हो । हामी छोराहरु÷बुहारीहरुले आमाको औषधि उपचार र हेरविचारमा केही कमी गरेनौ र गर्दा गर्दै पनि आमालाई बचाउन पनि सकेनौ । सोच्दै नसोचे मृत्यु जब आँखा अगाडी भई दियो अनि लाग्यो उमरे हुँदा बाआमाले सबै तागत÷उर्जा आफ्ना सन्तानहरुको परवरिशमा लगाई दिएका हुन्छन् भने जब बाआमा शारीरिक र मानसिक रुपमा अस्वस्थ हुने बेला सन्तानहरुले बाआमाको अन्तिम सास सम्म साथ कहिल्यै नछौडौ भन्ने लाग्दछ । 

अल्जाइमर रोगले कमजोर रहनु भएकी मेरो सासु आमाको मृत्यु अन्नतः सामान्य रुगा ज्वरोका कारण मृत्युवण भई सधैँको लागि हामीलाई छोडेर स्वर्गवास हुनु भयो । सामान्य रुगा ज्वरोलाई पनि आमाको अल्जाईमर रोगले जित्न सकेन् । प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा अल्जाईमर रोगकै कारण आमाको शरीर यती कमजोर भई प्रतिरोधात्मक क्षमता समेत आमामा थिएन । 
यो अल्जाइमर रोग एक्कासी लाग्ने रोग होईन । विगतमा भएका   तनाव तथा समस्याहरुका कारण हुने गरेको छ भने विशेष ६० वर्ष पछि बुढ्यौली उमेर वृद्धिसंगै जेष्ठ नागरिकहरुमा हुने रोग हो ।
यति हुँदाहुँदै पनि अधिकांश मानिसहरुले अझैसम्म पनि बुझ्न नसकेको अल्जाइमर रोग ‘एलोइस अल्जाइम’नामक व्यक्तिको नामबाट सन् १९१०,जुलाई १५ मा राखिएको हो ।
अल्जाइमर म्ष्कभबकभक क्ष्लतभचलबतष्यलब िसंस्थाका अनुसार सन् २०१५ मा ८८ हजार बिरामी देखिएका छन् ।
लक्ष्णहरु 
कुरा गर्दा सही शब्द उचारण गर्न नसक्नु र शब्द याद नआउनु । 
एउटै कुरा बारम्बार दोहो¥याइरहनु । 
एकाग्रतामा कमी हुनु । 
कुराकानी गर्दा शब्द तथा वाक्यहरु सम्झिनु नसक्नु । 
दिनचर्या अस्तव्यस्त हुनु । 
आफ्नो मान्छे÷छोरा÷छारीलाई चिन्न नसक्नु साथै आफू को हो भन्ने पहिचान समेत बिर्सनु ।
निन्द्रामा समस्या पर्नु,निन्द्रामा हिड्नु तथा निन्द्रामा बोलेको बोलै गर्नु । 
अस्पष्ट वाक्य बोल्नु,बेसुराका कुरा गर्नु । 
एक्कै ठाँउमा बस्न नसक्नु,लड्नु ।
खाने,लाउने,नुहाउने,बस्ने जस्ता सामान्य काम पनि गर्न नसक्नु । 
खानेकुरा चपाउन तथा निल्न नसक्नु । 
ओछ्यानमा थला पर्ने,दिसा÷पिसाबको नियन्त्रण हराउने,अरुको बोली नबुझ्ने, बोल्न नसक्ने
चेतना हराउने जस्ता लक्षणका कारण अल्जाइमर रोगीहरु दिन प्रति दिन कमजोर हुदै जाने गर्छन् । 

अल्जाइमर रोग लाग्नुको यी कारणहरु पनि हुन :
बढ्दो उमेर÷बुढ्यौली
डिप्रेसन तथा उच्च रक्त चाप हुनेलाई हुने
मधुमेह रोगीहरु हुनेहरु हुने
मस्तिष्कसँग सम्बन्धि विभिन्न चोटका कारण बुढौलीमा हुने सम्भावना देखिन्छ । 
झण्डै ७० प्रतिशत अल्जाइमरको जोखिम वंशाणुगत कारणले हुने गरेको विश्वास गरिन्छ । 

Care City Hospital Npj
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

अल्जाइमर रोगका बारेमा पहिलो पटक जर्मनका मनोचिकित्सक तथा प्याथोलोजिस्ट लोइस अल्जाइमरले सन् १९०६मा जानकारी दिएका थिए । 
अल्जाइमर स्मरण शक्तिको कमी÷बिर्सिने रोगलाई अल्जाइमर भनिन्छ । यो रोग लागेको मानिसमा सोच्ने, सम्झिने ,निर्णय क्षमता, समान्य कार्य गर्ने क्षमता नष्ट हुने,हिँडडुल गर्न नसक्ने बनाउँछ । मानिसको उमेरसँगै विश्वमा अहिले मानिसमा अल्जाइमर रोग बढ्दै गएको अवस्था रहेको छ । 
विश्वमा झण्डै ४ करोड ७० लाख मानिस अहिले डिमेन्सिया अर्थात भुल्ने  कारण हुने पागलपनबाट प्रभावित छन् । यो रोगले प्रत्येक ६८ सेकेन्डमा आफ्नो  प्रभाव देखाउने चिकित्सकहरु बताउँछन् ।  अल्जाइमर रोग विश्वरभर फैलिएको छ ।   सामान्यतया ६५ वर्ष उमेर पछि यो रोग लाग्छ । यो रोग पुरुष र महिला दुबैलाई लाग्छ । तथापि ,बढी संवेदनशरुल स्वभाव र आयु लामो हुने भएकोले महिलामा बढी पाईन्छ ।  तनाव र विभिन्न समस्याका कारण महिलाहरुमा  अल्जाइमर रोगको जोखिम बढेको छ । अन्तर्राष्ट्रिय पत्रिका‘गैरियाटिक साइ्केरटिमा’ प्रकाशित एक रिर्पोट अनुसार तनाबबाट जन्मिने हार्माेन महिला र पुरुषमा अलगअलग किसिमले उत्पन्न हुने गर्दछ । पुरुषको तुलनामा महिलामा अल्जाइमर रोग अत्याधिक रुपमा बढ्ने गर्छ ।  

अल्जाइमर रोगीहरुलाई परिवारहरुले निम्न कार्यमा सहयोग गर्न सकिन्छ ः
रोग लाग्न नदिनु,यदी रोग लागि हाल्यो भने रोगीहरुलाई विशेष ख्याल गर्ने ।
नियमित रुपमा औषधि सेवन गराउने । 
नियमित स्वास्थ्य परीक्षण गर्ने । 
धुम्रपान र मद्यपान नगराउने । 
रोगीलाई एक्कलै नराख्ने ,गर्न सक्ने केही काममा व्यस्त राख्ने । 
विशेष गरी मस्तिष्कलाई शक्रिय राख्न नयाँ सिकाउने(भाषा,किताब पढाउने ) सकियो भने अल्जाइम रोग हुनेबाट केही हद सम्म कम गर्न सकिन्छ । 

आज मेरो सासु आमा पनि यहीँ अल्जाइमर रोगको विविध कारणले गर्दा स्वर्गवास हुनु  भएको एक वर्ष पुरा भएको छ । जीवनभरी मेरो सासु आमाले दुख,संघर्ष गर्नुभयो,आज सुख पाउने समयमा अल्जाइमर रोगले थलिएकी आमालाई हामीले चाह्ेर पनि बचाउन सकेनौँ ।  मेरो सासु आमाको स्वभावले ज्यादै नम्रर,मायालु र आफै दुख,पिडा सहेर वा जलेर भए पनि घरपरिवार,आफन्तलाई गरिने व्यवहारमा कत्ति पनि भेदभाव नगरी सबैलाई मिलाएर अघि बढ्ने त्यागी बानी थियो । सबैले उहाँ जस्ता सासु आमा पाउदैनन्,भाग्यमानीले मात्र पाउने हो । मसँग कहिल्यै गुनासो गर्नु भएन न त कहिल्यै ठूलो स्वरमा बोल्नु भयो । आमालाई बेलुकी खानामा भात भन्दा रोटी मन पर्ने । मेरो छोरा पारङ्गत सानै थियो त्यसैले एक दिन मैले बेलुकी भात पकाएर दिदाँ,आमाले बोलेको एउटा वाक्य  ‘बहुरानी आज धुलो थिएन अर्थात पिटो थिएन भनेको वाक्य सधैँ मेरो मानसपटलमा ताजा रही रहने छ । आमा कम सुन्नु हुन्थ्यो त्यसैले पनि कमै बोल्ने हुन्थ्यो । हामी सासु बुहारी  बीच धेरै कुरा गर्थेर्नौ तर म गर्वका साथ भन्छु हामी सासु बुहारी बीचको सम्बन्ध ज्यादै आत्मियता,श्रद्धा र मायाले भरिएको सम्बन्ध थियो । हामीले बोल्ने भन्दा पनि मैले ईसारा र आमाको भाव बुझ्थे  ।   सासुआमाको सम्झना स्वरुप आज यो लेख लेखि रहँदा आमाले भोगेका दुख,समस्या र पछि गएर शरीरले पाएका अप्ठ्यारो,दुखसंग कसरी लड्नु भएका क्षणहरु मैले प्रत्यक्ष रुपमा देखेकी थिए र आफूले गर्ने कर्तव्यमा कुनै कमि गरेको जस्तो पनि लाग्दैन  । आमाको रोगलाई निका पार्न केही गर्न सक्थेन पनि । मैले कल्पना गर्थे यदी मसँग जादुको छडी भएको भए सासु आमाले भोग्नु भएको  शारीरिक पिडालाई निको पार्थे । 
हो,अल्जाईमर रोगले एक जनालाई मात्र रोगी नबाउने,उसँग सम्बन्धि परिवारका अन्य सदस्यहरुलाई समेत नराम्ररी प्रभावित पारेको उदाहरण थुप्रै देखिन्छ  र जुन मैलै प्रत्यक्ष रुपमा भोगेको थिए ।
विश्वमा हरेक ६८ सेकेन्डमा एक जना नयाँ व्यक्तिमा  अल्जाइमरको समस्या भेटिने गरेको छ । त्यसैगरी ,सन् २०५० सम्ममा यो रोग हरेक ३३ सेकेन्डमा एउटा नयाँ मानिसमा देखा पर्नेछ ।  अल्जाइमर रोगको पूर्ण रुपमा उपचार हुदैन र पूर्ण निको पार्ने  औषधि पनि उपलब्ध छैन् । त्यसैले  हालसम्म उपलब्ध औषधिबाट भइरहेको अवस्थाबाट रोगलाई बढ्न नदिन भने सकिन्छ भन्ने चिकित्सकहरुको भनाई हो । प्रयोगमा आएका औषधिबाट एउटा अवस्थाबाट अर्को अवस्थामा जान नदिने र बल्झन नदिने मात्र भएपनि अल्जाइमर रोगीहरुलाई छोटो समयको लागि काम गर्ने  हुन्छ ।  
अल्जाइमर रोगको कुनै औषधि छैन् र औषधि भनेको नै घरपरिवार साथ र सहयोगले रोगीहरुको उपचारमा सहयोग पाउने हो । उनीहरुलाई अपहेलना र एक्लै छोड्नु हुदैन । न खाना माग्न जान्छन् न त आफ्नो शरीरको सफा नै गर्न सक्छन् । कुनै होस् नहुने भएकाले बच्चाहरु जस्तै दिशा पिसाब गराई दिनु पर्छ भने हेरविचारमा पनि बच्चा जस्तै स्यारसम्भार गर्नु पर्ने भएकोले परिवार सदस्यको सहयोगले नै अल्जाइमर रोगीहरुलाई मनोबल बढाउन मद्दत पनि पुग्दछ ।  यही रोगले मैले मेरो सासु आमालाई गुमाए । सन्तानहरुले आमा गुमाए । मेरो सासु आमालाई भएको अल्जाइमर रोग जस्तै अन्य परिवारमा न होला भन्न सकिदैन । कतिपय समाज,परिवारलाई यो रोगका बारे थाहा नै छैन । कोही परिवारका सदस्यहरुलाई यो रोगको लक्षण देखि हाल्यो भने पनि कृपया सामान्य रुपमा नलिएर समय मै स्वास्थ्य परिक्षण गरी नियमित औषधि सेवन गर्यो भने अल्जाइमर बढ्ने क्रमलाई कम गर्न सकिन्छ  ।  जीवनमा परिवार र परिवारको स्वास्थ्य भन्दा ठूलो अरु केही  होला जस्तो लाग्दैन् । 
हाम्रो समाज र परिवारहरु अल्जाइमर रोगको बारेमा खुलेर न कुरा गर्छन् न अन्य रोग जस्तो चासो लिएर उपचारमा अग्रसर नै भएको देखिन्छन् । त्यसैले सरकारकोले अल्जाइमर रोगका बारेमा  सचेतना तथा जानकारीमुलक कार्यक्रमहरु संघ,प्रदेश र स्थानिय  तीनै तहबाट प्रभावकारी ढङ्गबाट नीतिगत योजना तथा कार्यक्रम संचालन गर्न अपरिहार्य छ । विशेषगरी यो रोगको लागि ज्येष्ठ नागरिक उपचारमा सरकारले प्रत्येक स्वास्थ्य संस्थाहरुमा ज्येष्ठ नागरिक उपचार विभागको व्यवस्था गर्न आजको यो समयमा अत्यैन्त आवश्यकता छ । 
 यो रोगको (अल्जाइमर)का बारेमा छिटो भन्दा छिटो सरकारको ध्यानाकर्षण होस् । (लिखिका हेमलता जि.सी.अधिवक्ता हुनुहुन्छ ।)