कर्मचारी मानसिक तनावमा, व्यवस्थापन जर्वजस्ती हटाउने बाहना खोज्दै, डा. सुरेश कनोडिया मुकदर्शक
नेपालगन्ज : श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्रालय अन्र्तगतको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले नेपालगन्जको लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई कडा निर्देशन दिएको छ ।
विभागले बुधवार लिखित पत्र लेख्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मध्यस्थता गठन भइ समस्या समाधानको लागि प्रकृया शुरु भएको अवस्थामा कर्मचारीमाथि दुःख दिने काम भइरहेकोले लर्ड बुद्धका कुनै पनि कर्मचारीमाथि अनुचित श्रम अभ्यास नगर्न लर्ड बुद्धलाई कडा निर्देशन दिएको छ ।
श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको मिति २०८१।११।२० गते भएको निर्णय जारी गर्दै लर्ड बुद्धका नाममा लेखे पत्रमा कुनै पनि कर्मचारीको सरुवा नगर्नु र केही कर्मचारीको गरेको सरुवा कार्यान्वयन नगर्न नगराउन भनेको छ ।
लर्ड बुद्धले कहिले लर्ड बुद्धको बोर्ड हटायर संजीवनीको बोर्ड टास्ने, त्यहाँ कार्यरत ४ सय कर्मचारीहरुलाई विभिन्न मानसिक यातना दिने, धम्की दिने, आन्दोलन गर्ने कर्मचारीलाई रिस पोख्ने सरुवा गर्ने जस्ता कार्यले कर्मचारीहरु मानसिक तनावको स्थितीमा रहेको थुप्रै कर्मचारीहरुले सेतोखरीलाई बताएका छन् । कति कर्मचारी त फोनमा सेतोखरीसँग रोयका छन् ।
श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले कर्मचारीहरु सुमन गिरी, कृष्ण बहादुर बुढा, विन्दु शर्मा, श्रृष्टी श्रेष्ठ र सुविना खरेललाई नेपालगन्जबाट कोहलपुर, चिसापानी सरुवा गरेको, क्रियाशिल टे«ड युनियनको तर्फबाट कार्यरत श्रमिकहरुका व्यवस्थापकबाट जानीजानी दुःख हैरानी दिने काम भएको जनाएको छ ।
‘मध्यस्थताको निर्णय नभएसम्मका लागि सुमन गिरी, कृष्ण बहादुर बुढा, विन्दु शर्मा, श्रृष्टी श्रेष्ठ र सुविना खरेलको गरेको सरुवा कार्यान्वयन नगर्नु, नगराउनु’ पत्रमा अगागी लेखिएको छ ‘अन्य श्रमिकहरुको हकमा समेत श्रम ऐन २०७४ को दफा ९२ उपदफा (२) अनुसार जानी जानी दुःख हैरानी नदिन र अनुचित श्रम अभ्यास नगर्न हुन श्रम ऐन २०७४ को दफा १६३ (१) को (च) आदेश विभागको मिति २०८१।११।२० को निर्णय बमोजिम जारी भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’
लर्ड बुद्धका संचालन डा. सुरेश कनोडिया मुकदर्शक बनेका छन् । नेपालगन्जमा समाजसेवी भनेर आफुलाई चिनाउन खोज्ने डा. कनोडिया यतिखेर ४ सय कर्मचारीमाथि बलजफ्ती ज्यादती गरिरहेको उनीमाथि कर्मचारीको आरोप छ ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्