अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?

काठमाडौं। बुधबार बिहान ९ बजेभन्दा अघि नै कार्यालय पुगिसकेका थिए रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुङ्गाना। केहीबेरमै उनले भूकम्पै आएको जस्तो अनुभव गरे। एकदमै हल्लायो। भूकम्प नै आएछ भनेर उनिहरू सबै बाहिर निस्किए। 

बाहिर निस्किदाँ भोटेकोसीमा ज्वालामुखी बिष्फोट भएजस्तो पहाडजत्तिकै अग्लो छाल उर्लेर आइरहेको थियो। धुवाँको मुस्लोले अन्धकार भयो। अनि सबै त्यहाँबाट दौडिए। को कहाँ पुग्यो थाहा छैन। त्यतिबेला लगभग पौने ९ बजेको थियो। हेर्दा हेर्दै नजिकैको टिमुरे बजार बगायो। उनिहरू त्यो बेलासम्म नजिकैको जंगलमा पुगिसकेका थिए। बजारमा कुनै पनि संरचनाहरू छैनन्। सबै गुटुङटुङ पारेर भोटेकोशीले बगाउँदै लग्यो। उनिहरूको भन्सार कार्यालय पनि छैन। सडकैभरि राखिएका हजारौं नयाँ गाडीहरू केही छैनन्। 

भोटेकोशी उसैगरी उर्लिदैं(उर्लिदैं गयो। त्यही बाढी त्रिशुली हुँदै नारायणी नदीसम्मै उत्तिकै जोडले बगिरहेको छ। यो सब अकस्मात भइरहेको थियो। कसैलाई कुनै पूर्वसूचना छैन। बुधबार बिहान पौने नौ बजे तिब्बतबाट उर्लिएको भोटेकोसीले केकति जनधनको क्षति गरेको छ भन्ने कुराको अनुमान सरकारले पनि लगाउन सकेको छैन। बिहानैदेखि उद्धार टोली खटिएका छन्। सबै सरकारी तथा गैरसरकारी निकायहरू परिचालित छन्। यी नदी किनाराका मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको छ। 

बिहानसम्म शान्त भोटेकोशीमा एक्कासी त्यस्तो प्रलय बोकेको भयानक बाढी कहाँबाट कसरी आयोरु त्यसको कुनै स्वतन्त्र पुष्टी हुन सकेको छैन। खासगरी चिनियाँ क्षेत्रबाटै बाढी आएका कारण नेपाली बैज्ञानिकहरूले पनि त्यसको ठोस जानकारी दिन सकेका छैनन्। त्यसका लागि चिनियाँ पक्षसँग कुराकानी भइरहेको उनिहरूले जनाएका छन्। चिनियाँ बैज्ञानिकहरूले स्याटेलाइट तस्बिरहरू लिने प्रयास गरिरहेका छन्। 

नेपाली विज्ञहरूका अनुसार भोटेकोशीको मुहानमा केही दिनयता त्यसरी बाढी नै आउनेगरी पानी परेको थिएन। बरु एक साताअघि भोटेकोशीको तिब्बती क्षेत्रतिर पहिरो खसेका कारण बरु नेपालतिर बग्ने यो नदी सानो अनि शान्त थियो। त्यो पहाडै खसेको पहिरो थियो वा हिँउ पहिरोरु त्यसको पनि यकीन छैन। विज्ञहरूका अनुसार हिमताल नफुटी यति ठूलो विध्वंश सम्भवन भएको बताउँछन्। यसअघि पनि हिताल फुटेरै भोटेकोशीमा बाढी आएको थियो। अन्य पहिरोका कारण सामान्य खोलाहरू थुनिएर यति ठूलो मात्रामा पानी आउन सम्भव नै छैन। केहीले भने भोटेकोशीमा मिसिने खोलाहरू लामो समय थुनिएको हुनसक्ने अनुमान पनि गरेका छन्। एक साताअघि खसेको भनिएको पहिरोले तिब्बतको जिलोङ काउन्टी ९केरुङ क्षेत्र० मा पर्ने दोङलिङ साङ्पो ९पेलियन० खोला थुनिएको हुनसक्छ। यी खोलाहरू भोटेकोशी बेसिनका सहायक स्रोत हुन्। 

तिब्बतका हिमाली टाकुरा हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशीको मुख्य मुहान वरिपरि जोखिमपूर्ण मानिने झाङझाङबो हिमताल छ। तिब्बतमा पोइकु वा वोचु भनेर चिनिने भोटेकोशी तिब्बतमा पर्ने शिशपाङ्मा हिमाल हो। यही हिमाली सतहमा रहेको उक्त ताल फुटेर सन् १९८१ सालमा पनि भोटेकोशीमा यस्तै ठूलो बाढी आएको थियो। खासगरी भोटेकोशी भने लुमी चिमी तालको जलाधार हो। अर्थात् भोटेकोशीको मुख्य मुहान। गालोङ चो भोटेकोशी जलाधार क्षेत्रको अर्को ठूलो जोखिमपूर्ण हिमताल हो। यसरी हेर्दा भोटेकोशीको पानीको मुख्य मुहान भनेकै यिनै हिमताल र त्यहिँ बग्ने हिमनदीहरू नै हुन्। 

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तिब्बती क्षेत्रको हिमतालमा अझै ७ मिटरजति पानीको ड्याम बाँकी नै छ। त्यो पानी नसकिदाँसम्म भोटेकोशीमा बाढीको जोखिम हट्ने छैन। त्यो थुनिएको पानी जतिबेला पनि फुटेर निस्किनसक्छ। 

चिनियाँ एकेडेमी अफ साइन्समा कार्यरत हिमताल र हिम बाढी जोखिमका अनुसन्धानकर्ता नितेश खड्काका अनुसार चिनियाँ सहकर्मीहरूसँगको प्रारम्भिक छलफलअनुसार नेपाल–चीन सीमा क्षेत्रको तिब्बततर्फ एउटा ठूलो हिम पहिरो ९आइँस एभलाञ्च० आएर नदी थुनिएको हुनसक्ने अनुमान गरिएको छ। यो त्यही मुहान क्षेत्र वरिपरि नै हुनसक्छ। 

नेपाल भएर बग्ने नदीका मुहान क्षेत्र वा विभिन्न जलाधार र नदी बेसिनहरूमा यस्ता हजारौं हिमतालहरू छन् जो जतिबेला पनि विष्फोट हुनसक्छन्। 

हालैमात्र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०ले हिमाली क्षेत्रमा देखापरेको जलवायु जोखिमसम्बन्धि एउटा प्रतिवेदन सार्वजनिक गरेको छ। जसमा यिनै हिमतालहरूलाई जोखिमका रुपमा लिइएको छ। 

हिन्दकुश आठ देशमा फैलिएको करिब तीन हजार पाँच सय किलोमिटर लामो पर्वतीय क्षेत्र हो। यस क्षेत्रमा एसियाका महत्वपूर्ण हिमनदी र नदी प्रणाली छन्। यहाँ करिब ५४ हजार हिमनदी र एसियाका १० प्रमुख नदी प्रणाली छन्। यी नदी तथा पर्वतीय पारिस्थितिक प्रणालीले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करिब दुई अर्ब मानिसको पानी, खाद्य र ऊर्जा सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्छन्।

प्रतिवेदनअनुसार २५० भन्दा बढी हिमताललाई सम्भावित जोखिमयुक्त मानिएको छ। करिब १० लाख मानिस सम्भावित जोखिमयुक्त हिमतालको १० किलोमिटरभित्र बसोबास गर्छन्। तर सबैभन्दा जोखिमयुक्त मानिएका २०० हिमतालमध्ये पाँचवटामा मात्र स्थायी अनुगमन केन्द्र छन्। यसले जोखिमको आकार र त्यसलाई निगरानी गर्ने क्षमताबिच ठुलो अन्तर रहेको देखाउँछ।

जोखिम हिउँ र पानीमा मात्र सीमित छैन। हिमाली भूभागलाई स्थिर राख्न, पूर्वाधार जोगाउन तथा कार्बन सञ्चय गर्न महत्वपूर्ण मानिने स्थायी रूपमा जमेको जमिन अर्थात् पर्माफ्रोस्ट पनि पग्लिँदै गएको छ। उच्च कार्बन उत्सर्जनको अवस्थामा यस शताब्दीको अन्त्यसम्म हिन्दकुश हिमालयको दुई तिहाइसम्म पर्माफ्रोस्ट हराउन सक्ने अनुमान छ। यसको पग्लाइले पहिरो तथा भूअस्थिरता बढाउने, पूर्वाधार निर्माण लागत बढाउने र सञ्चित कार्बन बाहिर निकाल्ने जोखिम बढ्छ। 

भूकम्प पनि आएकाे थियाे

तिब्बत क्षेत्रमा आज बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही समयपछि हिमपहिरो गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको थियो। तर भूकम्पविद् लोकविजय अधिकारीले भने ४.५ म्याग्निच्युडको उक्त भूकम्प पछि रसुवामा भिषण बाढी आएको बताएका छन्।

अधिकारीका अनुसार बिहान ८ बजेर २० मिनेटमा तिब्बत क्षेत्रमा २.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्प बाढी आउनुअघि गएको भए पनि यसको म्याग्निच्युड निकै कम भएकाले बाढी जानमा प्रभाव पारेको हुनसक्ने सम्भावना न्यून रहेको उनले बताए।

उनका अनुसार बिहान ८ बजेर ३७ मिनेटमा तिब्बतमा ४.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो। उक्त भूकम्प भने हिमपहिरोपछि गएको देखिएको उनले स्पष्ट पारे । यसअघि ४.५ म्याग्निच्युडको भूकम्पपछि हिमपहिरो गएको हुनसक्ने अनुमान गरिएको थियो।

३ म्याग्निच्युडभन्दा कमको भूकम्प सामान्यतया मानिसले समेत महसुस नगर्ने भएकाले २.६ म्याग्निच्युडको भूकम्पले हिमपहिरो निम्त्याउने सम्भावना कम हुने उनले बताए । ‘त्यो त नहुनुपर्ने हो त्यति सानोले । त्यति सानोको खासै फिल हुँदैन। त्यो ३ भन्दा तलकै भनेपछि फिल नै नहुने भूकम्प हो,’ अधिकारीले भने।