काठमाडौं। तिब्बत अचानक आएको बाढीबाट भएको क्षतिप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङले दुस्ख व्यक्त गर्दै राहत, उद्धार र वेपत्ताको खोजी कार्यलाई तीव्रता दिन भनेका छन्। बाढीले चीनतर्फको तिब्बतमा पनि ठूलो क्षति पुर्याएको छ। त्यही बाढी नेपालको भोटेकोशीमा पनि पसेको थियो।
‘हालको प्राथमिकता बेपत्ताको खोजी गर्नु, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नु, घाइतेहरूको उपचार गर्नु र मानवीय क्षति न्यूनतम गर्नुपर्छ। साथै, पूर्व-सूचना तथा निगरानीलाई सुदृढ पारी वैज्ञानिक रूपमा उद्धार कार्य सञ्चालन गर्दै पछि अन्य विपत्तिहरूबाट बच्नुपर्छ’ उनले भनेका छन्।
हाल बाढी नियन्त्रणको संवेदनशील अवधि रहेकोले सबै क्षेत्र र सम्बन्धित निकायलाई बाढी तथा आँधीबेहरीका सम्पूर्ण कदमहरू लागू गरी जोखिम तथा सम्भावित खतराहरूको निरीक्षण गरेर ठूला विपत्तिहरू रोकी जनताको ज्यान तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने निर्देशन पनि राष्ट्राध्यक्ष सीले दिएका छन्।
चीनको राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङले पनि निर्देशन दिँदै बेपत्ताको सङ्ख्या स्पष्ट गर्नुपर्ने, सम्पूर्ण शक्ति परिचालन गरी उद्धार कार्यमा जुट्नुपर्ने, वैज्ञानिक तरिकाले उद्धार गर्नुपर्ने, पछिका विपत्तिबाट बच्नुपर्ने, तथा परराष्ट्र मन्त्रालयलाई सम्बन्धित देशहरूसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सहकार्य गर्नुपर्ने निर्देशन दिए।
राष्ट्राध्यक्ष सीको निर्देशन र प्रधानमन्त्री लीको मागअनुसार, राज्य परिषद्का उपप्रधानमन्त्री चाङ कुवो छिङले सम्बन्धित विभागका पदाधिकारीहरूसहित दुर्घटनास्थल पुगी उद्धार र राहत कार्यको निरीक्षण गरेका छन्।
सिचाङ (तिब्बत) स्थानीय सरकारले पनि सम्पूर्ण शक्ति परिचालन गरी दुर्घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी राखिरहेको छ।
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक