दौडको महाकुम्भः नेपालगन्ज म्याराथन


दौडको महाकुम्भः नेपालगन्ज म्याराथन

नेपालगन्ज : पश्चिम नेपालमै सवैभन्दा ठूलो दौडको महाकुम्भ अर्थात नेपालगन्ज म्याराथ आज हुदैछ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीबीच बिस्तृत शान्ती सम्झौता भएको दिन मंसिर ५ लाई स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन आयोजना हुदै आएको हो ।

क्रिएटिभ ह्याण्डसको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सह–आयोजनामा ‘धारा नेपालगन्ज म्याराथन’को पाँचौं संस्करणको सबै तयारी पुरा भइसकेकोछ ।

सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने नेपालगन्ज म्याराथनको उद्देश्य रहदै आएकोछ । नेपालगन्जबासीको माया, साथ र सहयोगले विगत चार वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन हुदै आएकोछ ।

राष्ट्रियस्तरका धावकहरु सहित देशभरका २ हजार ७ सय भन्दा बढी प्रतिस्प्रर्धीहरुको बेजोड सहभागिता हुनेछ । आयोजकका अनुसार म्याराथनमा प्रथम हुनेलाई ६५ हजार, दोस्रो हुनेलाई ३५ हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै हाफ म्याराराथनतर्फ प्रथम हुनेलाई ३५ हजार, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ । नेपालगन्जको वीपीचोकबाट विहान ६ बजे शुरु भई कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः वीपीचोकमा आएर म्याराथन पूरा हुनेछ ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता भएका थिए भने हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् ।

क्रिएटिभ ह्याण्डसको आयोजना तथा नेपालगन्ज उप महानगरपालिकाको सह आयोजना, मुख्य प्रायोजक धारा शुद्ध तोरिको तेल, सहप्रायोजक इ एसोसिएसन विथ आर्शिवाद पेन्ट्स र पावर्ड बाई राष्ट्रिय बाणिज्य बैंक आबद्ध भएका छन् । त्यस्तै निदान डाइग्नोस्टिक एण्ड हेल्थ सेन्टर डाग्नोस्टिक पार्टरका रुपमा रहेको छ ।

सरकारले २०२० पर्यटन वर्ष मनाउने तयारी गरिरहेको पूर्वसन्ध्यामा आयोजना हुन लागेको म्याराथन प्रर्यटन प्रर्बद्धनमा सहयोगी भूमिका खेल्ने आयोजकको बुझाइछ ।

सद्भावको शहर नेपालगन्जलाई अरु शहरसँग जोड्ने मात्रै होइन, विश्वमा चिनाउने अभियान भएको आयोजक क्रियटिभस ह्याण्ड्सका अध्यक्ष ठकुरी बताउँछन् ।

उनले विश्व मानचित्रमा लामो दौड अर्थात म्याराथनको अलग महत्व हुने भन्दै यसले स्वस्थ रहन सन्देश दिदै बालकदेखि वृद्धसम्मलाई समेट्ने बताए ।

अध्यक्ष ठकुरीले भने–‘म्याराथनले ठाँउ विशेषको पहिचान स्थापित गर्ने हुदाँ विभिन्न पेशा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउदाँ सामाजिक एकताको सन्देश दिन्छ । नेपालगन्ज म्याराथन पश्चिम नेपालको परिचय बनिसकेको छ ।’