नेपालगन्ज १७ मंसिर : भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा भ्रष्टाचारविरुद्ध नेपालगन्ज वाकाथन हुने भएको छ । मङ्सिर २४ गते (डिसेम्बर ९ तारिख) मा नेपालगन्ज वाकाथन हुने भएको हो ।
विगत चार वर्षदेखि भइरहेको वाकाथन भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था वास नेपालको आयोजना र अन्तरालको व्यवस्थापनमा हुनेछ । भ्रष्टाचारविरुद्धका लागिसँगै हिँडौं भन्ने नारासाथ आयोजना हुने नेपालगन्ज वाकाथन सफल पार्न बास नेपालले सबैलाई आग्रह गरेको छ ।
वाकाथन मङ्सिर २४ गते बिहान ७.०० बजे नेपालगन्जको गणेशमान चोकबाट सुरु भई चारबाहिनी, सदरलाइन हुँदै बिपीचोकमा गएर समापन हुने बास नेपालका निर्देशक हेमराज भट्टले बताए । उनका अनुसार सो वाकाथनमा सांस्कृतिक प्रस्तुति, झाँकी प्रहसन, पर्चा, पम्पलेट वितरण, भ्रष्टाचारविरुद्ध हस्ताक्षर सङ्कलनलगायतका गतिविधि हुनेछन् ।
कार्यक्रमका लागि विभिन्न समिति गठन गरिएको छ । समितिहरुले तयारीका सबै काम गरिरहेको आयोजक संस्था वास नेपालले जनाएको छ । चौथो पटक आयोजना गर्न लागिएको वाकाथनले विगतका वर्षभन्दा बढी आम नागरिकहरुको सहभागिता रहँदै नेपालगन्जको पहिचानलाई थप व्यापक बनाउने अपेक्षा गरिएको अन्तरालका प्रमुख जयनारायण शाहले बताए ।
उनका अनुसार पश्चिम नेपालमा हुने एकमात्र वाकाथनको मुख्य उद्देश्य भ्रष्टाचारविरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्देश्य लिएर ठुलो जनसमुदायको सहभागितामा निश्चित दूरी पार गर्नुलाई वाकाथन भनिन्छ ।
पहिलो वर्ष २०२१ मा नेपालगन्जको बिपीचोकबाट वाकाथन सुरु भई बजार परिक्रमा गरी स्थानीय सेतु बिकचोक हुँदै बौद्धगुम्बा अगाडि गएर समापन भएको थियो । उक्त कार्यक्रममा चर्चित गायक प्रकाश सपुतलगायतले सहभागिता जनाएका थिए ।
दोस्रो वर्ष २०२२ मा नेपालगन्जको गणेशमान चोकबाट शुरु भई सदरलाइन हुँदै बिपीचोकमा गएर समापन भएको थियो । तेस्रो वर्ष २०२३ मा नेपालगन्जको गणेशमान चोकबाट शुरु भई बिपीचोक हुँदै धम्बोझीमा गएर समापन भएको थियो ।
नेपालगन्जबाट लगेर सुर्खेतमा बेच्थे खैरो हिरोइन, सशस्त्र प्रहरीकै दुई जवान पक्राउ
१८२ सिट पाएर हामी धेरै मात्तिएका छौं, भुइँमा खुट्टा राखौं जनताले नियालिरहेका छन्
चल्छ कि चल्दैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल? खर्बौंको लगानी डुब्ने चिन्तामा ब्यवयासी
हुम्लामा सुत्केरी ब्यथाले थलिएकी डिकीलाई लिन पाँच दिनपछि हेलिकाेप्टर
बसभित्र महिलामाथि हातपात गर्ने कञ्चनपुरका तीन युवा पक्राउ
सुदूरपश्चिम मेरो सरोकार हो, दुस्मनी होइन