३२ करोडमा निर्माणाधिन अस्पताल भवन मापदण्ड विपरित


३२ करोडमा निर्माणाधिन अस्पताल भवन मापदण्ड विपरित

भेरी अस्पतालको निर्माणाधिन इनडोर ब्लक भवन । तस्बिर :सेतोखरी

नेपालगन्ज: भेरी अस्पतालको इनडोर ‘ब्लक अस्पताल भवन मापदण्ड’ विपरित निर्माण भईरहेको छ । स्वास्थ्य मन्त्रालयको भवन मापदण्ड अनुसार डिजाईन भई निर्माण भइरहेको भनिए पनि अपाङ्गमैत्री र विरामीमैत्री नभएको इनडोर ब्लक भवनको डिजाइनले देखाएको छ ।

सार्वजनिक पहुँच अन्तरगत अपाङ्ग, बृद्ध, अशक्त, बालबालिका सबैले सजिलै पहुँच पाउन सक्ने तवरले स्वास्थ्य भवन संरचनाहरु निर्माण गरिनुपर्ने स्वास्थ्य भवन पूर्वाधार डिजाईन तथा निर्माण सम्बन्धी निर्देशिकामा उल्लेख छ ।

यसका लागि प्रचलित कोड तथा डिजाइन मापदण्द अनुरुप ¥याम्प, लिफ्ट, शौचालयको डिजाइन गर्नुपर्ने ब्यवस्था निर्देशिकाले गरेको छ । तर, नेपालगन्जस्थित निर्माणाधिन इनडोर ब्लक भवन प्रचलित कोड तथा डिजाइन मापदण्ड अनुरुप निर्माण भइरहेको शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, बाँकेका इन्जिनियर विजयकेशर खनाल बताउँछन् ।

उनले निर्माणाधिन इनडोर ब्लकलाई मात्र नहेरि अस्पताललाई एउटा कम्प्लेक्सको रूपमा लिएर नयाँ ब्लकको पहिलो तलासम्म जानका लागि ¥याम्प निर्माण गर्न लागेको बताए । दोस्रो तलाभन्दा माथि अपाङ, बृद्ध, विरामी, अशक्त र बालबालिकालाई हाल इमरजेन्सी वार्ड भएको भवन भएर ल्याउन–लैजानका लागि ¥याम्प बनाइने उनको भनाई छ ।

Kanti Aarogya Hospital Nepalgunj

इमरेजेन्सी भवनको ¥याम्प प्रयोग गर्ने हो भने विरामी, बृद्ध, अशक्त अपाङ्गलाई इनडोर ब्लकको दोस्रो तलाभन्दा माथिका तला पुग्न दुई सय मिटर दूरी पार गर्नुपर्ने हुन्छ । लामो तथा घुमाउरो बाटो प्रयोग गर्दा विरामीलाई धेरै सयम लाग्ने भएको छ । स्वास्थ्य मन्त्रालयले निर्माण भइरहेको भवनलाई मात्र नहेरि पूरै अस्पताललाई एउटा कम्प्लेक्सको रुपमा विकास गर्न नयाँ भवनको पहिलो तलासम्म मात्र ¥याम्प बनाउने डिजाइन भएको इन्जिनियर खनाल बताउँछन् ।

उनले हालको इमरजेन्सी भवन र निर्माणाधिन इनडोर भवन जोड्न स्टिलको पुल निर्माण गरिने बताए । उनले विरामी, अशक्त, बृद्ध, अपाङ्गलाई हिड्डुल गर्न असहज नहुने गरि पुल निर्माण गरिने बताए । खनाल भन्छन्, ‘अस्पतालका सवै भवनलाई एउटै कम्प्लेक्सको रूपमा निर्माण गर्ने योजना अनुरुप इनडोर ब्लकको काम भइरहेको छ ।’

अस्पताललाई पाँच सय शैयाको बनाउने उद्देश्यले बातानुकुलित इनडोर ब्लक निर्माण भइरहेको छ । सुविधा सम्पन्न उक्त भवनको भूँइ तलामा जनरल वार्ड, पहिलो तलामा क्याथल्याव, सिसियू वार्ड रहने भएको छ । त्यसैगरी, कार्डियो, नाक, कान, घाँटी सम्बन्धि ईएनटी र न्यूरो सम्बन्धि अप्रेशन वार्ड तथा अप्रेसनपछि विरामी राख्ने पोष्ट अप्रेटिभ वार्ड रहने इन्जिनियर खनाल बताउँछन् ।

उनका अनुसार, दोस्रो तलामा डायलिसिस, बर्न, कार्डियो, न्यूरो, सर्जिकल र ओसिएमसी वार्ड बनाइने भएको छ । भने, तेस्रो तलामा मेडिसिन, जेरियाट्रीक र जनरल वार्ड हुने छ । र, सवैभन्दा माथिलो तलामा सभाहल, कक्षा कोठा, पुस्तकालय, लेखा तथा प्रशासन र कार्यालय प्रमुखका लागि कोठा तयार गरिने भएको छ ।

नौँ महिनामा २० प्रतिशत निर्माण
कुल ३२ करोड लागतमा पाँच तले इनडोर ब्लक भवन निर्माण भइरहेको छ । सम्झौता भएको ३० महिनामा सक्ने गरि ५ जेष्ठ, २०७६ मा निर्माण कम्पनीसँग सम्झौता भएको इन्जिनियर खनालले जानकारी दिए । उनले निर्माण कम्पनीले नाँै महिनामा २० प्रतिशत काम सम्पन्न गरेको बताए ।

दोस्रो तलाको छत ढलान भई पर्खाल लगाउने काम सुरु भएको बताउँदै उनले निर्माणको गति हेर्दा तोकिएकै समयमा सम्पन्न हुने संकेत गरे । वर्षातका बेलामा पनि काम भएको उनी बताउँछन् । ‘भौतिक संरचना निर्माणको प्रतिशत हेर्दा २० प्रतिशतमात्र देखिए पनि काम सन्तोषजनक भएको उनले बताए ।

अस्पतालको ¥याम्प कस्तो हुनुपर्छ ?
अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्रमा अपाङ्ग, अशक्त तथा स्ट्रेचरमा राखी बिरामीलाई माथिल्लो तल्लामा आवागमन गराउन अनिवार्य रुपमा ¥याम्पको व्यवस्था हुनु पर्दछ । ¥याम्प चढ्ने शुरुको स्थान भ¥याङको सँगै वा नजिक हुनु पर्दछ । अस्पतालका लागि १.५–२ मिटरसम्म चौडा ¥याम्प उपयुक्त हुन्छ । ट्रली स्ट्रेचर घुमाउन कुनै पनि ¥याम्पको करिडोरमा घुमाउने व्यास कम्तीमा १.५ मि. हुनु पर्दछ ।

स्वास्थ्य संस्थाको ¥याम्प कम्तीमा १ः१२ को स्लोप हुनुपर्दछ । यसभन्दा ठाडो हुनुहुँदैन । प्रयोगकर्तालाई आराम दिन, गति नियन्त्रण गर्न ¥याम्पमा ल्याण्डिङ राखिनु पर्दछ । प्रत्येक १० मी. को दुरीमा एक वटा ल्याण्डिङ राखिनु पर्दछ र प्रत्येक दिशा परिवर्तन हुने स्थानमा पनि एक वटा ल्याण्डिङ राखिनु पर्दछ ।

¥याम्प ल्याण्डिङको लम्बाइ कम्तीमा १.२ मि. हुनु पर्दछ भने ¥याम्पको चौडा बराबर राखिनु पर्दछ । ¥याम्पको सतह कडा तथा नचिप्लिने गरी बनाउनु पर्दछ । मोजायक, सेरामिक टायल, सिमेन्ट पनिङ जस्ता फिनिसिङ चिप्लो हुने भएकाले यस्तो फिनिसिङ निषेध गरिएको छ । कंक्रिट फिनिसमा कुचोले सोहोरेर, चेक बुट्टा भएको कंक्रिट टायल प्रयोग गर्न उपयुक्त हुने मापदण्ड बनाइएको छ ।

सहरी क्षेत्रमा यदि पर्याप्त बैकल्पिक बिद्युतिय ब्याक–अपको प्रत्याभूति सहित लिफ्टको ब्यवस्था गरिएको छ भने ¥याम्पको विकल्पमा लिफ्ट मात्र प्रयोग गर्न पनि सकिन्छ । मानिस तथा सामानलाई माथिल्लो तथा तल्लो तल्लाहरुमा तल माथि गराउन लिफ्टको प्रयोग गरिन्छ ।

अस्पतालमा कम्तीमा एक वटा बेडलाई तल माथि गर्न मिल्ने आकारको बेड लिफ्ट अनिवार्य हुनु पर्दछ । स्टाफ तथा सरसामान ओसार्नका लागि सानो खालको प्यासेन्जर लिफ्ट प्रयोग गर्न सकिन्छ । अस्पतालको बेड लिफ्टको क्षमता कम्तीमा २० जनाको हुनु पर्दछ । यसको लागि लिफ्ट कोरको साइज कम्तीमा २२००-३००० मि.मि. हुनु पर्दछ । यस लिफ्टको ढोका न्यूनतम ९०० मि.मि. को हुनु पर्दछ ।

बेड लिफ्टलाई मेन विद्युत लाइनभन्दा छुट्टै लाइनमा जोडिनु पर्दछ । विद्युत आपूर्ति अवरुद्ध हुने अवस्थामा यसको सप्लाई स्वचालित रुपमा वैकल्पिक स्रोतसँग जोडिने व्यवस्था गरिनु पर्दछ । विद्युत पूर्णरुपमा अवरुद्ध हुने अवस्थामा लिफ्ट सबैभन्दा नजिकको तल्लामा गई रोकिने र त्यस तल्लामा खुल्ने गरी डिजाइन गरिएको हुनु पर्दछ ।