देशका ७४ जिल्ला बास पुग्यो


देशका ७४ जिल्ला बास पुग्यो

नेपालगन्ज : भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बागेश्वरी असल शासन क्लब (बास)को देशका ७४ जिल्ला शाखा विस्तार गरिएकोछ ।

यस अघि ७३ जिल्लाका शाखा बिस्तार गरी काम गरिरहेको बासको लुम्बिनी प्रदेश अन्तरगत सुस्ता पश्चिम नवलपरासिमा सोमबार शाखा विस्तार भएसँगै बास देशको ७४ जिल्लामा शाखा विस्तार गर्न सफल भएको हो ।

पश्चिम नवलपरासीमा सोमबार बसेको युवाहरुको भेलाले उषा सिंह केसीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला शाखा गठन गरेको छ । नव गठित शाखाको उपाध्यक्षमा उषा गुरुङ्ग, सचिवमा ज्ञान प्रकाश यादब, सह–सचिबमा तिर्थराज शर्मा ढुंगाना र कोषाध्यक्षमा वसन्ती क्षेत्रीलाई चयन गरेको छ । यसैगरी शाखाको सदस्यहरुमा क्रमशः अजय पटेल, राजकुमार गुप्ता, भागिरथी पाल र साधना शर्मा ढुंगानालाई चयन गरेको छ ।

बासका पूर्ब केन्द्रीय सदस्य तथा बास रुपन्देहीका निर्देशक बिजया खत्रीको उपस्थितीमा शाखा गठन भएको थियो । कार्यक्रममा बोल्दै निर्देशक खत्रीले भ्रष्टाचार बिरुद्धको अभियानलाई देशब्यापी रुपमा अगाडी बढाईरहेको बासको अभियानलाई नव गठित शाखाका पदाधिकारीहरुले जिल्लामा सशक्त रुपमा अगाडी बढाउने विश्वास ब्यक्त गरिन् ।

Kanti Aarogya Hospital Nepalgunj

भ्रष्टाचार बिरुद्ध युवा परिचालन गरि जिल्लामा सुशासन कायम गर्न उनको शाखा पदाधीकारीहरुलाई अनुरोध थियो । जिल्ला स्थित सुशासन चाहने युवाहरुलाई एकजुट गरि सुशासनको अभियानलाई सशक्त रुपमा अगाडी बढाउने नव निर्वाचित अध्यक्ष उषासिंह केसीले प्रतिबद्धता गरेकी छिन् ।