नेपालगन्जः नगर भवन भत्काएर अत्याधुनिक सपिङ कम्पलेक्स बनाइने भएकोछ । नगर प्रमुख डाक्टर धवल शम्शेर राणाको अध्यक्षतामा बिहीबार बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।
भेरी अस्पताल रोडमा रहेको नगर भवन जीर्ण भएको भन्दै नेपालगन्ज उप–महानगरपालिकाले सो भवन भत्काएर अत्याधुनिक सपिङ कम्पलेक्स निर्माण गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख डाक्टर राणाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सपिङ कम्पलेक्स निर्माणका लागि डिपिआर तयार गर्ने समेत निर्णय गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार अण्डर ग्राउण्ड पार्किङ सहितको सपिङ कम्पलेक्स निर्माण गर्ने योजना रहेको छ ।
यसैगरी कार्यपालिका बैठकले बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा चिल्डे«न पार्क निर्माण गर्ने निर्णय गरेको छ । चिल्ड्रेन पार्कसहित ब्यवस्थित पार्किङस्थल समेत बनाइने भएको छ ।