मानवअधिकार घुम्ती शिविर


मानवअधिकार घुम्ती शिविर

नेपालगन्ज : बाँके र बर्दियामा मानवअधिकार घुम्ती शिविर सञ्चालन गरिएको छ ।

शिविरमार्फत नागरिकहरुको घर–घरमा पुगेर मानवअधिकार सम्बन्धी विभिन्न सन्देशमुलक सूचनाहरु प्रवाह गरिएको छ ।

पारस्परिक जवाफदेहिता परियोजना मानवअधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आयोजित शिविरमा माइकिग गरेर टोल, समुदायका घरघरमा सन्देश दिइएको हो ।

शिविरमा मानवअधिकारसंग जोडिएका विभिन्न सवाल, मुद्दाका बारेमा परामर्श, कानूनी परामर्श, तथा समस्याको पहिचान गरि सम्बन्धित निकायहरुमा रिफर लगायतका विषयमा जानकारी दिइएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके डुडुवा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ तथा बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नम्बर १, २ र ३ वडामा घुम्ती शिविर सञ्चालन गरिएको हो ।

संस्थाद्वारा गठित हिंसा निगरानी समुहको सहभागितामा शिविर सञ्चालन गरिएको अध्यक्ष तिवारीले जानकारी दिए । शिविरमा स्थानीय ६ जना स्वयम्सेवक समेत परिचालन गरिएको छ ।