आज हिमाली भागमा हिमपातको सम्भावना


आज हिमाली भागमा हिमपातको सम्भावना

File Photo

नेपालगन्ज : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसममा बदलि भएकोछ ।

विभागका अनुसार नेपालगन्जसहित देशभर मौसम बदली हुदाँ अधिकांश क्षेत्रमा चिसो बढेकोछ ।

आज दिउँसो प्रदेश नम्बर १, प्रदेश नम्बर २, वागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी स्थानहरुमा मौसम सफा रहने विभागले जनाएकोछ ।

यसैगरी आज राति सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रदेश नम्बर १ र वागमती प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरू र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागहरूमा आँशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।