अधिबेशनमा जुट्यो महांसघ, पुष ५ गतेसम्म सदस्यता नविकरण गर्न आग्रह


अधिबेशनमा जुट्यो महांसघ, पुष ५ गतेसम्म सदस्यता नविकरण गर्न आग्रह

नेपालगन्ज : कोरोना भाइरस संक्रमणकाबीच नेपाल पत्रकार महासंघको अधिवेशन तय भएकोछ । अधिवेशनका लागि भन्दै महासंघले देशभरका शाखाहरुलाई सोअनुरुप सर्कुलर जारी समेत गरेकोछ ।

सोही सर्कुलर अनुसार नेपाल पत्रकार महासंघ बाँके शाखाले आगामी पुष १८ गते जिल्ला अधिबेशन गर्ने निर्णय गरेकोछ ।

महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा बसेको शाखाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले शाखा अधिवेशन भब्यरुपमा सम्पन्न गर्नका लागि अध्यक्ष थारुको संयोजकत्वमा सम्पूर्ण कार्यसमिति सदस्य रहने गरि तयारी समिति गठन समेत गरेकोछ ।

यस्तै बैठकले बाँके शाखामा स्थापना भएका पुरस्कार वितरण गर्न महासंघ, बाँकेका पूर्व अध्यक्ष झलक गैरेको संयोजकत्वमा पत्रकार सिराज खान, नबिन गिरि, अक्षरी पोखरेल र बिनोद पौडेल सदस्य रहने गरि पुरस्कार छनोट समिति गठन गरेको सचिव गाउँलेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके शाखामा आबद्ध भएर सदस्यता नबिकरण गराउन बाँकी रहेका सदस्यका लागि पुष ५ गतेसम्म सदस्यता नबिकरण गराउने समय तोकेको महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । पुषमा हुने अधिशेशन चुनावी भएकोले यसलाई महत्वका साथ हेरिएको छ ।