एआइजीमा बढुवा भए डिआइजी पोखरेल


एआइजीमा बढुवा भए डिआइजी पोखरेल

नेपालगन्ज : प्रहरी नायब महानिरीक्षक(डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा भएकाछन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई एआइजीमा बढुवा गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

सरकारले केही समयअघि नेपाल प्रहरीको सङ्गठनमा पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) र एक एआइजीको दरबन्दी थप गरेको थियो ।

अघिल्लो हप्ता गृह मन्त्रालयले एआइजीमा बढुवाका लागि डिआइजी पोखरेलको नाम सिफारिस गरेको थियो ।