मानवअधिकार पुरस्कार नेपालगन्जका पत्रकार गैरेलाई


मानवअधिकार पुरस्कार नेपालगन्जका पत्रकार गैरेलाई

नेपालगन्ज : राष्ट्रिय मानवअधिकार आयोगले यस वर्षको मानव अधिकार पुरस्कार नेपालगन्जका पत्रकार झलक गैललाई दिने निर्णय गरेकोछ । यस्तै आयोगले दयाराम स्मृति मानव अधिकार सम्मान डाक्टर रेणु अधिकारीलाई दिने निर्णय गरेकोछ ।

आयोगले अन्तराष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा मानव अधिकार सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।

‘नेपालगन्जबाट प्रकाशित हुने दैनिक नेपालगन्जका प्रधान सम्पादक गैरेले पत्रकारिताको माध्यमबाट मानव अधिकारको संरक्षण र सम्र्बद्धनमा महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएको छ ।’ आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

आयोगले सम्मान गर्न थालेका डाक्टर अधिकारी महिला मानव अधिकार रक्षक सञ्जाल (ओरेक) नेपालका संस्थाक तथा लैंगिक समानता, लैंगिक न्याय र महिला हिंसाको न्यूनीकरण अभियानमा विगत तीन दशकदेखि निरन्तर कार्य गर्दै आएकी छन् ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष समेत रहेका गैरेले नेपालगन्जमा बसेर दुई दशकदेखि पत्रकारिता गर्दै आएकाछन् ।