प्रतिकात्मक तस्विर
नेपालगन्ज : नेपालमा विश्वकै सबैभन्दा अग्लो त्रिशुल स्थापना गरिने भएकोछ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना गरिने भएको हो ।
त्रिशुलडाँडामा कूल चार करोड ४२ लाख ११ हजार ९१३ रूपैयाँको लागतमा १२१ फिट अग्लो त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापना हुने भएको छ । करिब नौ महिनामा त्रिशुल निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले जनाएको छ ।
समितिले महाँकाल त्रिशुलडाँडा परिसरमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशुलको शिलान्याश समेत गरे ।
उनले संविधानले नै हिन्दू धर्मलाई संरक्षण गरेको भन्दै संविधानको विपरीत जानुपर्ने कुनै कारण नभएको बताउँदै हिन्दू धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थ भएको भनाई राखेका थिए ।