उपमहानगरपालिकाले ६० जना कर्मचारी माग्यो


उपमहानगरपालिकाले ६० जना कर्मचारी माग्यो

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले ६० जना कर्मचारी मागेकोछ ।

डिजिटल नगर पाश्वचित्र (नगर प्रोफाईल) निर्माणका लागि उपमहानगरपालिकाले ६० जना कर्मचारीका लागि आवेद खुला गरेको हो ।

उपमहानगरपालिकाका प्रत्येक वडा अनुसारको विभिन्न सूचकहरुको तथ्यांक संकलन गरि नगरपालिकाको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा लगायतका कार्यहरु गर्नका लागि करारमा गणक (तथ्यांक संकलनकर्ता) मागेकोछ ।

पालिकास्तरमा विद्यमान खानेपानी, सरसफाई तथा स्वच्छता योजनाको विवरण संकलन गरि वास प्लान समेत निर्माण गर्ने प्रयोजनका लागि यी कर्मचारी मागेको हो ।
दुई महिना करार अवधि हुने उक्त परियोजनाका लागि कम्तीमा प्रमाणपत्र पास गरेको हुनुपर्नेछ ।

Kanti Aarogya Hospital Nepalgunj