नेपालगन्ज : सुकुम्वासी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीले असार मसान्त भित्र भूमिहीन तथा सुकुम्वासीले जग्गाधनी प्रमाण पुर्जा पाउने बताएका छन् ।
सोमबार बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन् ।
उनले भूमिहीन तथा सुकुम्वासी लागत लिने र प्रमाणीकरण गर्ने काम शुरु भई सकेको जानकारी दिदै सोही लागतका आधारमा असार मसान्त भित्र जग्गाधनी प्रमाण पुर्जा बितरण गरिने बताए । उनले लागत संकलन र प्रमाणीकरणका लागि देश भरका स्थानीयलाई काम गर्न निर्देशन दिई सकेको समेत जानकारी दिए ।
कोहलपुरका नगर प्रमुख लुट बहादुर रावत उपस्थित रहेको कार्यक्रममा प्रमुख रावतलाई निर्देशन दिँदै अबिलम्व भूमि सम्बन्धी काम गर्न अलग्गै कार्यलय र कर्मचारी व्यवास्थापन गर्न उनले आग्रह गरे । १५ दिन भित्र अघिल्लो आयोगले पुर्जा बितरण गरेर बिवादीत रहेका , वन क्षेत्र र बफर जोन क्षेत्रमा बसोवास गर्नेको लगत पठाउन पनि उनले आग्रह गरे ।
भूमीहीन दलीत र भुमिहीन सुकुम्वासीलाई जग्गा बितरण गर्ने काम प्राथमिकतामा रहेको बताउँदै अध्यक्ष ज्ञवालीले निरन्तर १० वर्ष देखी जोतभोग गर्दै आएको पुरानो वन क्षेत्र भएपनि जोतभोग गर्नेलाई जग्गाधनी प्रमाण पुर्जा दिईने प्रष्ट पारे ।
बिगतका आयोग कमजोर कानूनी धरातल र अस्थिर सरकार भएकै कारण काम गर्न नसकेको बताउदै अध्यक्ष ज्ञवालीले भूमी ऐनको आठौँ संसोधन मार्फत आयोगलाई कानूनी रुपमा पुर्ण बनाईएको धारणा राखे ।
उनले नेपालको संविधान नै भूमीहीनलाई बसोबासको व्यवस्था गर्ने भन्ने उल्लेख रेहकाले सरकारी, एलानी र पर्ती जग्गामा उनीहरुलाई बसोवासको व्यवस्था मिलाईने धारणा राखे ।
आयोगलाई स्थानीय स्तरमा कामको सहजीकरण गर्न राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनीधी, भूमीहिनका क्षेत्रमा काग गर्ने संघ सस्थाका प्रतिनीधी सम्मिलीत सहयोग समती गठन गरिने उनको भनाई छ ।