नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठलाई पितृशोक परेकोछ ।
भेरी अस्पताल बिकास समितिका सदस्य समेत रहेका श्रेष्ठका बुवा कुलप्रसाद श्रेष्ठको मंगलबार ९० वर्षको उमेरमा निधन भएको हो ।
आफ्नै घर ऐरावती गाउँपालिका वडा नम्बर–६, अर्लाबाङ्ग प्युठानमा बुवाको निधन भएको श्रेष्ठले जानकारी दिए ।
व्यापारको शिलशिलामा स–परिवार नेपालगन्जमा बस्दै आएका छोरा कृष्णसहित उनका अन्य भाइहरु अहिले प्युठान पुगेका छन् ।
नेपालगन्जको न्यूरोडमा बसोबास गर्दै आएका श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब केन्द्रीय सदस्य समेत हुन् ।
श्रेष्ठको बुवाको निधनप्रति नेपालगन्ज उद्योग वाणिज्य संघले गहिरो दुःख प्रकट समेत गरेकोछ ।
संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरीले पूर्व अध्यक्ष श्रेष्ठको बुवाको निधनप्रति दुःख ब्यक्त गर्दै शोकाकुल परिवार प्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै समबेदना समेत ब्यक्त गरेकाछन् । श्रेष्ठका अनुसार बुवाको अन्त्यष्टि गृहजिल्ला प्युठानमै बुधबार गरिनेछ ।