कोरोनाका कारण परीक्षा दिन बञ्चित विद्यार्थीका लागि तालिका सार्वजनिक


कोरोनाका कारण परीक्षा दिन बञ्चित विद्यार्थीका लागि तालिका सार्वजनिक

नेपालगन्ज : कोरोना भाइरस संक्रमित भएर कक्षा १२ को परीक्षाबाट बञ्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक भएको छ ।

छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने बोर्डले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यसपटकको परीक्षामा सहभागी नहुनेहरूका लागि फेरी अर्को परीक्षाको व्यवस्था गरिने छैन ।

कोरोनाका कारण स्थगित परीक्षा गत ९–१६ पुसमा सञ्चालन गरिएको थियो ।