नेपाल पत्रकार महासंघ बाँकेको अधिबेशन कोहलपुरमा हुने


नेपाल पत्रकार महासंघ बाँकेको अधिबेशन कोहलपुरमा हुने

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको अधिबेशन बाँकेको कोहलपुरमा गरिने भएकोछ ।

नेपाल पत्रकार महासंघ केन्द्रको सर्कुलर अनुसार बाँके शाखाको जिल्ला अधिबेशन आगामी पुस १८ गते बाँकेको कोहलपुर स्थित होटल म्याक्समा गरिने बाँके शाखाले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके शाखा सचिव तिलक गाउँलेद्वारा बुधबार एक प्रेस नोट जारी गर्दै ‘बाँके शाखाको १२ औं जिल्ला अधिबेशन पुस १८ गते कोहलपुर स्थित होटल म्याक्समा गरिनेछ । यसका लागि जिल्लामा क्रियाशिल सम्पुर्ण सञ्चारकर्मी तथा बाँके जिल्ला शाखाका आबद्ध हुनुभएका सम्पुर्ण साधारण सदस्य, पुर्ब अध्यक्ष, केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारी, केन्द्रिय पार्षद, प्रदेश पार्षद र पुर्ब केन्द्रीय पदाधिकारीहरुलाई अनिबार्य रुपमा उपस्थितीका लागी बिनम्र अनुरोध गर्दछु ।’