भूमि सम्बन्धि समस्या समाधानको काम अघि बढ्यो


भूमि सम्बन्धि समस्या समाधानको काम अघि बढ्यो

नेपालगन्ज : भूमी सम्बन्धि समस्या समाधान आयोग र नेपालगन्ज उप–महानगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएकोछ । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको उपस्थितीमा उपसचिव गोर्खवहादुर थापा र आयोगका उपसचिव राजेन्द्र अर्यालबीच सम्झौता भएको हो ।

सम्झौतासंगै अब उपमहानगरपालिकाका भूमीहिन दलित, भूमीहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरिनेछ ।

नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापामगरले आयोगसँग सम्झौता भएपछि नगरक्षेत्रमा देखिएको भूमी सम्बन्धि समस्या समाधान हुने चरणमा प्रवेश गरेको जानकारी दिइन ।

नगरको वडा नम्बर १९ र २० मा सबैभन्दा बढि भूमि सम्बन्धि समस्या देखिएको छ । पछि गाभिएका साविकका गाविसमा समेत फाट्टफुट्ट भूमि सम्बन्धि समस्या देखिएका छन् । नेपालगन्जमा आयोगसँग सम्झौता भएपछि लगत सङ्कलन एकाई सञ्चालनको तयारी गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

आयोगसँग सम्झौता भएपछि भूमीहिन दलित, भूमीहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नका लागि उनीहरुको पहिचान, लगत संकलन र प्रमाणिकीकरणको काम स्थानीय तहले गर्नेछ ।