नेपालगन्ज :दैलेखी बङ्गलामा वडा नम्बर २ को भवन शिलान्यास
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणा र वडा अध्यक्ष सुनिलसिंह हमालले बुधबार एक कार्यक्रमकाबीच उक्त भवनको शिलान्यास गरे ।
बुधबार भएको भूमीपुजनसहित वडा कार्यालयको नयाँ भवनको कार्य सुरु भएकोछ । सो अवसरमा नगर प्रमुख राणाले उप–महानगरपालिकाबाट आवश्यक सहयोग गर्ने बताउदै ६ महिनाभित्रै भवन निर्माण सक्ने गरि काम गर्न उपभोक्ता समितिलाई निर्देशन समेत दिए ।
वडा अध्यक्ष हमालका अनुसार भवन निर्माणका लागि वडाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वडाको छुट्टै प्रशासनिक भवन निर्माण गर्न लागिएको हो ।
वडा कार्यालयसँगै बर्थिङ सेन्टर सहितको स्वास्थ्य भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।
भवनका लागि संघीय सरकार लगायतबाट सहयोग प्राप्त हुने वडा कार्यालयले बिश्वास ब्यक्त गरेको छ । भवन अभावमा वडा नम्बर २ को कार्यालय भाडामा रहदै आएकोछ ।