नेपालगन्ज : जिल्ला हुलाक कार्यालय बाँकेले आफ्ना कर्मचारीलाई क्षमता विकास सम्बन्धि प्रशिक्षण दिएकोछ । समसामयिक ऐन नियम, सेवा प्रवाहमा गर्नु पर्ने सुधार, समन्वय, जनसम्पर्क तथा कोभिड–१९ सम्बन्धी सचेतना विकास तथा क्षमता विकास गर्न जिल्लामा रहेका ११ वटा ईलाका हुलाक कार्यालयका प्रमुख तथा अतिरिक्त हुलाक कार्यालयका हुलाक प्रतिनिधीहरुको लागि एक दिनको क्षमता बिकास कार्यक्रमको आयोजना गरिएको हो ।
जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख, हुलाक अधिकृत गोबिन्दप्रसाद पाण्डेको अध्यक्षतामा भएको उक्त क्षमता बिकास कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो ।
हुलाक अधिकृत पाण्डेले मुस्कान सहितका सेवाप्रवाह, सेवाग्राही संगको व्यबहार, स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीसंगको समन्वय, पालना गर्नु पर्ने आचारण तथा अनुशासन, हुलाक सेवामा नविनता तथा छरितोपन, कार्यालय व्यबस्थापन, कर्मचारी परिचालन, कोभिड–१९ सचेतनाका बारेमा प्रशिक्षण दिएका थिए ।
सोक्रममा जिल्ला हुलाक कार्यालय बाँकेका लेखापाल टिकाराम कँडेलले आर्थिक प्रशासन, इपेमेन्ट, कर कट्टी, सञ्चयकोष तथा कर्मचारीहरुले पाउने उपचार खर्च तथा नायव शुब्बा शान्ता सिंह(शाही) ले कर्मचारी प्रशासन, विदा, हाजिरी, रेकर्ड व्यबस्थापन लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
उक्त क्षमता विकास कार्यक्रममा अतिरिक्त हुलाक कर्मचारी संघका अध्यक्ष शंखीलाल थारुले अतिरिक्त हुलाकमा काम गर्ने कर्मचारीहरुले लामो समयदेखि कानूनमा व्यबस्था भएको उपचार खर्च तथा पोषाक सुबिधाको व्यबस्था गर्नु पर्ने बताए ।